साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकुण्डो बनाए

सधैँ बस्न सत्ता गुहारे छिमेकी लुटी देश खाने हुँदैनन् विवेकी खुराफात गर्नेहरूले भसाए लुछी देशलाई भकुण्डो बनाए ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

दले काम कालो धसे स्वार्थ जाग्यो
खुला भ्रष्टचारी बढे साँध नाघ्यो
अहो ! धूर्तवादी असाध्यै गनाए
लुटे देशलाई भकुण्डो बनाए ।।१

कुरा मात्र ठूला फटाहा दलाली
बरा देशवासी हुँदै छन् हलाली
छिपेका कुकर्मी उठे सल्बलाए
बरा राष्ट्रलाई भकुण्डो बनाए ।।२

खुराफाती गर्ने लुकी देश भित्र
झुकी भोट माग्छन् यही हो विचित्र
चुसे रक्त मज्जा र सोझा फँसाए
सदा मातृ धर्ती भकुण्डो बनाए ।।३

मिली दुष्ट गुन्डा गुतार्छन् रमेर
कहाँ बोल्न सक्छन् परेमा जमेर
गरे स्वार्थ पूरा र वैरी हँसाए
लुटे देशलाई भकुण्डो बनाए ।।४

सधैँ बस्न सत्ता गुहारे छिमेकी
लुटी देश खाने हुँदैनन् विवेकी
खुराफात गर्नेहरूले भसाए
लुछी देशलाई भकुण्डो बनाए ।।५

०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-सन्तोषीनगर, कलङ्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x