साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्घीयताको चुरो

पार्टीवाद बढे विधान यसमा ,हिँसा असत्कारमा । नातावाद बढे अराजक बनी, हत्या बलत्कारमा ॥ भ्रष्टाचार गरे बनिन्छ बढिया, भन्ने छ सर्कारमा । संवैधानिक प्रावधान कहिल्यै, आएन दर्कारमा ॥

Nepal Telecom ad

विष्णु न्यौपाने :

खेल्छन् शब्द अनेक रुग्ण मनमा, होला कसो राष्ट्रमा ।
हेरौँ दृश्य हरेक दुष्टपनका, उन्माद छन् भ्रष्टमा ॥
गर्छन् भाषण व्यर्थ राग भरिलो, बाढी जसै उर्लिने ।
बोली शब्द अपाच्य तुच्छ घटिया, बेढङ्गले कुर्लिने ॥१॥

शङ्का कानुनमा गरौँ कि नगरौँ, चिन्ता छ हे सज्जन ।
नेपाली जन चाहना गरिबका, दारिद्र्य उन्मोलन ॥
होला के अपनत्त्व भाव जनमा, नेत्तृत्त्व घाती बने ।
भाषा वैभव धर्म मास्नु नहुने, कल्याण गर्थे भने ॥२॥

बोलीमा तुक हुन्छ उच्च स्वरमा, गर्छन् विकासे कुरा ।
आफ्ना बान्धव बन्धु उच्च पदमा, आसीन गर्ने पुरा ॥
गर्छन् उच्च रबाफ मुक्त स्वरमा, आशा भरोसा दिने ।
अर्बाैँ राष्ट्रिय सम्पदा खरिदमा, लाखौँ करोडौँ लिने ॥३॥

खाजा औ उपचार खर्च यिनको, आफन्तले पाउँने ।
दुःखी दीन जना सिटा मुल नभै, मर्छन् हरे गाउँले ॥
गर्छन् उत्सव ठालु जन्म दिनमा, सर्कारको नाममा ।
मायाँ प्रेम विवाह मादन सभा, नेत्तृत्त्वको सानमा ॥४॥

गर्छन् भोज रमाइलो मनपरी, ह्विस्की कि ब्राण्डी पिई ।
ग्रेबी कालिज रोष्ट टोष्ट कुखुरा, नाना थरीका लिई ॥
आफ्नै लागि अनेक बिघ्न रसका, मौका रची रम्दिने ।
गर्दैछन् कति काम खै हृदयमा, यो राष्ट्रले सम्झिने ॥५॥

बोल्दा मात्र विकास हुन्छ कसरी, चर्को गरी भाषण ।
यस्तै हो गणतन्त्र पद्धति भने ,टिक्ला त के शासन ??
हाम्रा धर्म परम्परा मिचिदिए, पौरस्त्य संस्कार ती ।
बेधर्मी अपकार फैलिन पुगे, पाश्चात्यका विक्रिति ॥६॥

पार्टीवाद बढे विधान यसमा ,हिँसा असत्कारमा ।
नातावाद बढे अराजक बनी, हत्या बलत्कारमा ॥
भ्रष्टाचार गरे बनिन्छ बढिया, भन्ने छ सर्कारमा ।
संवैधानिक प्रावधान कहिल्यै, आएन दर्कारमा ॥७॥

ज्यादा आर्थिकभार सङ्घ कसरी, होला व्यहोर्ने यहाँ ।
गाडीमात्र करोडका कति हुन्, चढ्छन् बढी सानमा ॥
जो बाढी पहिरो गए निहुँ भयो, साँच्चै विकासे कुरो ।
साँच्चै सिद्ध अफाप हुन्छ कि कसो,सङ्घीयताको चुरो ॥८॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
देश पत्ताल भासियो

देश पत्ताल भासियो

विष्णु न्याैपाने (२)
कहाँ के गर्‍यौ खै तिमीले सुकर्म ?

कहाँ के गर्‍यौ खै...

विष्णु न्याैपाने (२)
बन्दैन यो देश बिना विकास

बन्दैन यो देश बिना...

विष्णु न्याैपाने (२)
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x