साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश पत्ताल भासियो

शिक्षामा सिर्कना हाने जन्माए लठुवा युवा बनाए भतुवा आफ्ना खनाए उनकै कुवा मख्ख छन् भतुवा आज देश आगो लगाउँछन् आमा निर्बस्त्र पारेर आफैं ताली बजाउँछन् ।

Nepal Telecom ad

विष्णु न्याैपाने :

अत्याचार भयो नाङ्गो नाचका रमिते भयौं
छद्मभेषी हुँदा हामी अरूकै दास रैरह्यौँ
खेल्दछन् शक्तिका केन्द्र रणमैदान देश भो
खरानीभित्र छौँ हामी देश पत्ताल भासियो ।

ठान्छ यो बाबुको बिर्ता छिमेकी दक्षिणी सधैं
नसेके उसको रोटी थाल्छ ढाल्न जरासँगै
बोल्दैन उत्तरी लाटो छैन बाटो हिमाल छन्
घुसेर पश्चिमी बाठो बाल्छ आगो धुराल्छ झन् ।

एन्जिओ खेल्दछन् खेल रङ्गशाला हजार छन्
खेलाडी लाख छन् हाम्रा नाच्न मेला बजार छन्
राजाका नामले नाच्छन् पार्टीका नामले कुनै
युवा, स्वतन्त्र वा जेन्जी जातिका नामले कुनै ।

हाने संस्कारमा हाम्रो मासे संस्कृतिका जरा
खुट्टा शिर छिनाएर भन्छन् आफैँ कठैबरा
इतिहास डढाएर खरानी ताप्तछन् यिनै
भाइभाइ लडाएर सिमाना तास्तछन् यिनै ।

शिक्षामा सिर्कना हाने जन्माए लठुवा युवा
बनाए भतुवा आफ्ना खनाए उनकै कुवा
मख्ख छन् भतुवा आज देश आगो लगाउँछन्
आमा निर्बस्त्र पारेर आफैं ताली बजाउँछन् ।

अत्याचार भयो नाङ्गो नाचका रमिते भयौं
छद्मभेषी हुँदा हामी अरूकै दास रैरह्यौँ
खेल्दछन् शक्तिका केन्द्र रणमैदान देश भो
खरानीभित्र छौँ हामी देश पत्ताल भासियो ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सङ्घीयताको चुरो

सङ्घीयताको चुरो

विष्णु न्याैपाने (२)
कहाँ के गर्‍यौ खै तिमीले सुकर्म ?

कहाँ के गर्‍यौ खै...

विष्णु न्याैपाने (२)
बन्दैन यो देश बिना विकास

बन्दैन यो देश बिना...

विष्णु न्याैपाने (२)
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x