साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ के गर्‍यौ खै तिमीले सुकर्म ?

नबन्ने कुनै छैन सादृश्य मूर्त । नचिन्ने कुनै छैन पाखण्ड धूर्त ॥ विकासे कुरा मात्र गर्छौ रबाफ । म गर्नेछु भन्दै झुटो हुन्छ बात ॥ दुरुस्तै बनी रूप फेर्छौ असत्ती । नबाँढे हुनेथ्यो दिवा स्वप्न कत्ति ॥

Nepal Telecom ad

विष्णु न्यौपाने :

बढेको छ माहोल ह्वात्तै चुनावी ।
कसैमा चलेको छ सुर्ता सुनामी ।
इराधा कसैको छ सङ्ग्राम जेता ।
गरी हिँड्नु अग्रीम वाणी विजेता ॥१॥

चुनावी बहाना कसैको कमाइ ।
कसैको चलेको छ भट्टी रमाई ॥
कुनै हिँड्छ बाटो छली पाखपाखै ।
कुनै रातमा हिँड्छ बाँडेर लाखै ॥२॥

गफाडी कुरामा चिया तान्छ कोही ।
सबै हाँक्छ आकाश पाताल कोही ॥
तिमी दम्भ गर्छौ तिमी रङ्ग भर्छौ ।
गफाडी विकासे कुरा भङ्ग गर्छौ ॥३॥

तिमी हौ पुराना छली गर्न आँटी ।
जहाँ जे मिल्यो सो कुरा हुन्छ ढाँटी ॥
अचम्मै भलाद्मी बनी हात जोड्दै ।
लिई भोट वाचा गयौ मस्त तोड्दै ॥४॥

जनामा उही बन्छ अत्यन्त खासी ।
लिई भोट सम्झन्छ जना एक दासी ॥
यता ठालु बन्दै उरालिन्छ भाषा ।
उता जाल बुन्दै पसारिन्छ पासा ॥५॥

जहाँबोल्न पुग्छौ उहीँ मस्त ढाँट्ने ॥
अरूका कुरा मात्र निर्धक्क काट्ने ॥
कुनै कार्य कर्ता कहाँ हुन्छ भेटी ।
दिलो ज्यान दिन्छौ टकारेर भेटी ॥६॥

नचाहिन्छ शिक्षा न केही समर्थ ।
बुझाएर जग्गा गरी हिँड्नु खर्च ॥
बढेको छ उत्साह प्रचारी सभामा ।
जहाँ हुन्छ उन्माद त्यहीँ गर्नु धामा ॥७॥

नबन्ने कुनै छैन सादृश्य मूर्त ।
नचिन्ने कुनै छैन पाखण्ड धूर्त ॥
विकासे कुरा मात्र गर्छौ रबाफ ।
म गर्नेछु भन्दै झुटो हुन्छ बात ॥८॥

दुरुस्तै बनी रूप फेर्छौ असत्ती ।
नबाँढे हुनेथ्यो दिवा स्वप्न कत्ति ॥
कहीँ भावनामा छँदै छैन धर्म ।
कहाँ के गर्‍यौ खै तिमीले सुकर्म ??९??

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश पत्ताल भासियो

देश पत्ताल भासियो

विष्णु न्याैपाने (२)
सङ्घीयताको चुरो

सङ्घीयताको चुरो

विष्णु न्याैपाने (२)
बन्दैन यो देश बिना विकास

बन्दैन यो देश बिना...

विष्णु न्याैपाने (२)
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x