साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दैन यो देश बिना विकास

चर्कन्छ छाती बक हुन्छ रुद्ध। यथार्थ पीडा बुझ हे प्रबुद्ध॥ निस्कन्छ के भाषणले निकास। बन्दैन यो देश बिना विकास॥

Nepal Telecom ad

विष्णु न्यौपाने :

संस्कार भाषा पहिचान भेष।
सङ्घीय मेरो गणतन्त्र देश॥
सापेक्षता संस्कृति धर्म हाम्रो।
लाग्दैन साँच्चै निरपेक्ष राम्रो॥१॥

कहाँ गए संस्कृति धर्म हाम्रो।
हिमाल हाँस्ने पहिचान राम्रो॥
पोषाक दौरा सुरुवाल टोपी।
चोली मजेत्रो पटुकी र धोती॥२॥

मानौँ कसोरी गणतन्त्र प्यारो।
थेक्नै नसक्ने महँगी छ साह्रो॥
अत्यन्त बढ्दो कर चाप भार।
थाम्छन् कसोरी गणतन्त्र मार॥३॥

बारी छ बाँझो अनि खेत बाँझो।
पाखा पखेरा सब फाँट बाँझो॥
पानी नओत्ने घर छन् उदाङ्गो।
बन्दै छ बस्ती घर गाउँ नाङ्गो॥४॥

उठ्दैन ज्याला कृषि कर्म भारी।
युवा गरून् के बिन रोजगारी॥
छोरो विदेशी घर बाबु आमा।
बसी रुँदै छन् घरको कुनामा॥५॥

छन् बाबुआमा अझ रोगग्रस्त।
बिना सहारा कति बन्नु त्रस्त॥
पानी पँधेरो अनि खेत बारी।
सम्झेर पीडा मन हुन्छ भारी॥६॥

चर्कन्छ छाती बक हुन्छ रुद्ध।
यथार्थ पीडा बुझ हे प्रबुद्ध॥
निस्कन्छ के भाषणले निकास।
बन्दैन यो देश बिना विकास॥७॥

ल्याऊ नयाँ क्रान्ति किसान गर्ने।
उत्साह उत्पादन माथि पर्ने॥
कुरा गरी व्यर्थ नटोल साथी।
विश्वास गर्लान् गणतन्त्र माथि॥८॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश पत्ताल भासियो

देश पत्ताल भासियो

विष्णु न्याैपाने (२)
सङ्घीयताको चुरो

सङ्घीयताको चुरो

विष्णु न्याैपाने (२)
कहाँ के गर्‍यौ खै तिमीले सुकर्म ?

कहाँ के गर्‍यौ खै...

विष्णु न्याैपाने (२)
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x