साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिले र अहिले

खुट्टा तान्छु अरू बढे अघि भने झार्दै लछार्छु तल । उठ्नै दिन्न अगाडि बढ्छ कसरी ? तानी पछार्छु तल ।। धेरै अर्थ थिएन किन्तु मनको सच्चा थिएँ मानव । पैसाको अभिमानले म अहिले साँच्चै भएँ दानव ।।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

मेरो पेट सुकेर ट्याप्प पहिले हेर्नै नसक्ने थियो ।
सोही पेट बढेर ह्वात्त अहिले थाम्नै नसक्ने भयो ।।
खाली पेट हुँदा र अन्न नहुँदा या भोकमा तड्पिएँ ।
सोही पेट अजीर्ण ढुस्स अहिले हैरान साह्रै भएँ ।।

सानो जीर्ण तथा उदाङ्ग घरको छानो चुहुन्थ्यो सदा ।
हेर्दा यो दरबार देख्छु अहिले आश्चर्यको सम्पदा ।।
टुट्दा चप्पलका फिता म जहिले टालेर हिँड्थेँ जहाँ ।
राम्रा छन् घरमा प्रशस्त अहिले चिल्ला पजेरा यहाँ ।।

नाता इष्ट र मित्र मान्य जनको गर्थेँ म नै चाहना ।
देखेँ दीन दुखी भने सडकमा बुझ्थेँ सधैँ भावना ।
भाग्यो मानवता बसी सहरमा सम्झिन्न त्यो आँगनी ।
आए भेट्न कुनै भने दीन दुखी झर्किन्छु पाखे भनी ।

तृष्णा अर्थ कमाउने छ मनमा या लालसा लोभ छ ।
ईर्ष्या, डाह र क्षुब्धता कुटिलता उन्माद वा क्षोभ छ ।।
आफ्नोमात्र म सोच्छु सोच्दिन अरू सङ्कष्टमा नै परून् ।
आफ्नो मात्र म देख्छु देख्दिन अरू बाँचून् मरून् जे गरून् ।।

“खाऊँ मात्र ममात्र” चिन्तन यही बढ्दैछ मेरो अति ।
जोड्दै अर्थ अमूल्य स्वर्ण गहना ल्याई थुपारेँ कति ?
मेरो हिम्मतले तथा पहुँचले सामर्थ्यले शक्तिले ।
सेवा ढोग गरी अनन्त प्रभुमा साष्टाङ्गको भक्तिले ।।

खुट्टा तान्छु अरू बढे अघि भने झार्दै लछार्छु तल ।
उठ्नै दिन्न अगाडि बढ्छ कसरी ? तानी पछार्छु तल ।।
धेरै अर्थ थिएन किन्तु मनको सच्चा थिएँ मानव ।
पैसाको अभिमानले म अहिले साँच्चै भएँ दानव ।।

०००
भव्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x