साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र आयो भन्छन्

बाँच्नु पर्नेहरू सबै मरे मर्नेहरू बाँचेर मोज गरे धर्म, संस्कृति पोली खाए पराया संकृति भित्र ल्याए । मूर्खहरूले राज गर्छन् विद्वान्लाई तलै पार्छन् विरोध गर्दा लगी थुन्छन् गणतन्त्र आयो भन्छन् ।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

१.
सक्नेले ब्रम्हलुट गरेका गरैछन्
भोकभोकै मर्नेहरू मरेका मरैछन्
ठान्न त आफूलाई आदर्श नै ठान्छन्
बाहिर चर्नेहरू चरेका चरैछन् ।

२.
ऊ बाहिर माया लाउँदै छ
उसकै कोठामा धाउँदै छ
अब अर्को बिहे गर्न पाउँदै छ
कानुन पनि छिट्टै आउँदै छ ।

३.
सानाजतिलाई लाग्छ ऐन
ठुला भनाउँदाको जहिले चैन
साँचो बोल्ने जेलमा पस्छन्
मान्छे पोल्ने गद्दीमा बस्छन् ।

४.
नेताहरू जहिले धनी बने
देशमा गरिबीको खाडल खने
कुरा मिल्दा गठबन्धन गरे
कुरा नमिल्दा बसाइँ नै सरे ।

५.
जनताहरू भेडा भए
भ्रष्टाचारीको गर्छन् जए
छोला बोक्न गर्व गर्छन्
साँचो बोल् न पछि पर्छन् ।

६.
बाँच्नु पर्नेहरू सबै मरे
मर्नेहरू बाँचेर मोज गरे
धर्म, संस्कृति पोली खाए
पराया संकृति भित्र ल्याए ।

७.
मूर्खहरूले राज गर्छन्
विद्वान्लाई तलै पार्छन्
विरोध गर्दा लगी थुन्छन्
गणतन्त्र आयो भन्छन् ।

०००
भद्रपुर – १०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
पहिले र अहिले

पहिले र अहिले

भानुभक्त कुभिण्डेली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x