साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ध्यान गर्न आँखा बन्द ! नेता बन्न आँखा खुला !!

चौथो चरण : लामो र गहिरो श्वास ! ध्यानमा श्वास लामो लिन्छौं, श्वाससँगे जीवनको लय मिलाउँछौं । एकाग्रता बढ्छ, आत्मशुद्धि हुन्छ । नेता पनि गहिरो श्वास फेर्छन्, तर त्यो सत्ता जोगाउने डरमा हुन्छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

भूमिका-
काठमाडौंको नयाँबानेश्वरमा यो वर्षको गाईजात्रा केही अनौठो थियो । परम्परागत गाई, भूत, जोकर र मसानका लस्करसँगै देखिन्थ्यो एउटा अद्वितीय पात्र- ध्यान गर्ने नेता !

ऊ गम्भीर अनुहार लगाएर माला, टीका र निधारमा “बुद्धत्वको झल्को” बोकेर बसेको थियो । हात ज्ञान मुद्रामा, आँखा बन्द । मुखबाट निस्किन्थ्यो- “म ध्यान गर्छु, देश हेर्छु, भ्रष्टाचार मेट्छु ।”

तर जनताले भने हाँसेर भने- “हामीले यस्ता धेरै देखेका छौं । ध्यानको बहानामा जनताको ध्यानै हटाउनेहरू !”

यो आलेखमा हामी ध्यानका पाँच चरणमार्फत वर्तमान नेताको प्रवृत्तिलाई टपक्क टिप्छौं । राजनीति र ध्यान एउटै चुल्होको भाँडो त होइनन्, तर गाईजात्रामा दुवैलाई एउटै थालमा पस्कन कुनै अप्ठ्यारो पनि छैन !

पहिलो चरण : ढाड सीधा, मुख झुट्टा पार्ने !

ध्यान सुरु गर्नु अघि शरीर स्थिर पारिन्छ- ढाड, गर्दन र शिर सीधा । त्यसैगरी चुनाव आउँदा नेता पनि “सिधा” देखिन्छ ।

टेलिभिजनमा प्रकट हुन्छन्- “म जनताको सेवक हुँ ।”
पार्टी घोषणापत्रको मुखपृष्ठमा चम्किन्छ- “शून्य सहनशीलता भ्रष्टाचारमा ।”

तर यो सिधा देखिएको ढाड, चुनाव सकिएपछि बाङ्गिएको पाइन्छ । कुर्सी पाएपछि ढाड लचकदार हुन्छ, झुकिन्छ- ठेकेदारतिर, पार्टी कार्यकर्तातिर, अनि कुनै विशेष व्यावसायिक फर्मतिर ।

नेताको मनभित्र लुकेको भावना- “पद आउन दे, मलाई एकपल्ट सत्तामा राख ! बाँकी त पछि देखाउँछु !”

ठ्याक्कै ध्यानमा बस्नुअघि गर्ने गहिरो सासजस्तै हुन्छ उनको भाषण- दर्सकलाई निद्रा लाग्ने, तर भित्र-भित्रै गन्हाउने ।

दोस्रो चरण : ज्ञान मुद्रा कि घुस मुद्रा ?

ध्यानको दोस्रो चरणमा हात ज्ञान मुद्रामा राखिन्छ । बुढी र चोरी औँला जोडिन्छन्, बाँकी औँला सोझा पारिन्छन् । यसको उद्देश्य हो- आत्मज्ञान र विचारको स्थिरता ।

तर नेता त ज्ञानमुद्रामा होइन, घुस मुद्रामा हुन्छन् ।

चोरी औँला : टिपोट गरिरहेको देखिन्छ, तर ठेक्काको रकम गन्दैछ ।

बुढी औँला : सधैं अरुलाई दोष देखाउँदै हुन्छ ।

बाँकी तीन औँला :

एउटा : सरकार बनाउने फारम समाउँछ ।

अर्को : दरबारी नम्बर डायल गर्छ ।

तेस्रो : चेकबुक खोल्छ !

त्यो हातले मन्त्र लेख्दैन, साइन गर्छ । त्यो मुद्राले ध्यान ल्याउँदैन, डोनेसन ल्याउँछ ।

त्यसैले अब ज्ञान मुद्रा देखेपछि जनताले डराउन थालेका छन्; “अब त बजेट जालोमा पर्छ !”

तेस्रो चरण : आँखा बन्द, जनतालाई हेरेको नाटक!

ध्यानमा आँखा बन्द गरेर भित्र फर्किन्छौं ।
आफ्नै श्वास, आफ्नै शरीर, आफ्नै चेतनामा फर्किन्छौं ।

नेता पनि आँखा बन्द गर्छन् । तर त्यो बाहिरी आँखा मात्र बन्द हुन्छ । भित्रको आँखा ? त्यो त बैंक खाता हेर्दैछ !
जनता कराउँछन्- “पानी छैन !”
नेता भन्छ–र- “हेर्दै छु, अध्ययन गर्दैछु !”

अनि सोधिन्छ- “कति पटक हेर्नुहुन्छ ?”
उनको उत्तर:र- “जति पटक तपाईं मलाई भोट दिनुहुन्छ ।”

आँखा बन्द गरिसकेपछि उनीहरूको निर्णय खुला चस्माबाट आउँछ । त्यो चस्मा लाइटको होइन, लाभको हो ।

ध्यान गर्नेको आँखा बन्द गर्दा शान्ति आउँछ,
तर नेताको आँखा बन्द हुँदा ठेक्का आउँछ ।

चौथो चरण : लामो र गहिरो श्वास !

ध्यानमा श्वास लामो लिन्छौं, श्वाससँगे जीवनको लय मिलाउँछौं । एकाग्रता बढ्छ, आत्मशुद्धि हुन्छ । नेता पनि गहिरो श्वास फेर्छन्, तर त्यो सत्ता जोगाउने डरमा हुन्छ ।

पार्टी भित्र बडो गम्भीर हुँदै भन्छन्- “हामीले गल्ती ग-गरेका छैनौं !”
भित्री आवाज- “गरेका छौं तर बाहिर आउन नपरोस् !”

श्वाससँगै नेताको अर्को मन्त्र हुन्छ- “जेल नगए हुन्थ्यो, समाचारमा नआए हुन्थ्यो !”

जनताले सोध्नै पर्ने अवस्था आउँछ- “नेताजी, तपाईंको श्वास देशप्रेमको हो कि स्वार्थको वाष्प हो ?”

पाँचौं चरण : हरिगुरु मन्त्र कि पार्टी मन्त्र ?

ध्यान गर्नेले ॐकार जप्छ । पेट, छाती, शिरमा सकारात्मक कम्पन आउँछ । त्रिदेवको स्मरण, शरीरमा उर्जा ।

नेता पनि मन्त्र जप्छन्-
तर त्यो ॐ होइन, पार्टीको मन्त्र हो ।

“पद पाउँ, माइक पाउँ, महङ्गी बिर्साउँ ।
सत्ता लिऊँ, साजसज्जा बाँचोस् ।
कमिसन बढाऊँ, विपक्षी हटाऊँ !”

गुरु मन्त्रमा आत्मा जोडिन्छ, पार्टी मन्त्रमा एटीएम जोडिन्छ । ध्यानी गुरुलाई नमन गर्छ,
नेता गुरु होइन, गोडा नमन गर्छ । त्यो गोडा चाहे सत्ताको होस्, चाहे सिनेटको ।

निष्कर्ष : गाईजात्रा टुङ्गिन्छ, तर व्यङ्ग्य जिउँदो !

नयाँबानेश्वरमा त्यो ध्यान गर्ने नेताको वरिपरि मानिसहरू हाँस्दै थिए- “तपाईं ध्यानमा बस्नुभाछ, देश कहिले उठ्ने हो ?”

“ध्यान सकिएपछि विचार गर्छु”, नेताले भने ।
“तर जनताको ध्यान त तपाईंले फिर्ता लिइसक्नुभो !”

ध्यानले मुक्ति दिन्छ, नेताले कुर्सीमा चिप्लाउँछ।
ध्यानले अहंकार घटाउँछ, नेताले अहंकार बाँड्छ।
ध्यानी आत्माभित्र डुब्छ, नेता सार्वजनिक गाडी चढेर निजी सुख खोज्छ।

साँच्चिकै ध्यान गर्दा आँखा बन्द हुन्छ, नेता बन्न आँखा खुला हुनुपर्छ । तर जनतालाई हेर्ने आँखा, न कि बैंक स्टेटमेन्ट हेर्ने आँखा ।

अन्त्यमा एक सानो ध्यान मन्त्र नेता लागि-
“नेता ! यदि साँच्चै ध्यान गर्छौ भने, कुर्सीमा बस्ने अगाडि, देशको मनमा बस । भाषण गर्न अगाडि, आत्मासँग संवाद गर । अनि नारा होइन, परिणाम देऊ ।”

गाईजात्रा सकियो, जोकर घर गयो ।तर जनता भने अझै नेताको ध्यान कुरिरहेका छन्…

हरि ॐ ! जय जनता ! जय ध्यान !

०००
२०८२/०४/१५
बेलका- २, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x