साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छोरो

आफैंले लेखेको आफै बुझ्दैन् सुन्नु पर्ने कुरा कसैको सुन्दैन यो त मन्त्री हुने लक्षण जस्तो छ अब भन्नुस् मेरो छोरो कस्तो छ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

खान्छ सुत्छ खान्छ सुत्छ
कस्तो छोरो जन्मियो मेरो
बिहानै रुन्छ साँझै रुन्छ
खान नपाए भुतुक्क हुन्छ।

गिरिबन्धुको चिया खाने भन्छ
कुलिङ पिरियडमा पौडिन्छु भन्छ
भिजिट भिसाले कमाउँछु भन्छ
यसैगरी रमाउने हुँ भन्छ ।

मासुभन्दा मसला बढीको
समयभन्दा कुरा घडीको
कमिसन नभए नउठ्ने भन्छ
जहिले खान्छ जहिले सुत्छ।

अफिस भन्छ खान्छ सुत्छ
मिनरल वाटरले मुख धुन्छ
अरुका कुराले कान भर्छ
झोले होस् भन्यो ताली पिट्छ ।

सुत्दा पनि पैसा आउँछ भन्छ
खाँदा पनि कमिसन आउँछ भन्छ
देशको ठूलो पदमा पुगेछ क्यारे
सास फेरेको भत्ता पाउँछ यसले ।

आफैंले लेखेको आफै बुझ्दैन्
सुन्नु पर्ने कुरा कसैको सुन्दैन
यो त मन्त्री हुने लक्षण जस्तो छ
अब भन्नुस् मेरो छोरो कस्तो छ ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सालो किन करायो

सालो किन करायो

भोलानाथ सुबेदी
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x