साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छोरो

आफैंले लेखेको आफै बुझ्दैन् सुन्नु पर्ने कुरा कसैको सुन्दैन यो त मन्त्री हुने लक्षण जस्तो छ अब भन्नुस् मेरो छोरो कस्तो छ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

खान्छ सुत्छ खान्छ सुत्छ
कस्तो छोरो जन्मियो मेरो
बिहानै रुन्छ साँझै रुन्छ
खान नपाए भुतुक्क हुन्छ।

गिरिबन्धुको चिया खाने भन्छ
कुलिङ पिरियडमा पौडिन्छु भन्छ
भिजिट भिसाले कमाउँछु भन्छ
यसैगरी रमाउने हुँ भन्छ ।

मासुभन्दा मसला बढीको
समयभन्दा कुरा घडीको
कमिसन नभए नउठ्ने भन्छ
जहिले खान्छ जहिले सुत्छ।

अफिस भन्छ खान्छ सुत्छ
मिनरल वाटरले मुख धुन्छ
अरुका कुराले कान भर्छ
झोले होस् भन्यो ताली पिट्छ ।

सुत्दा पनि पैसा आउँछ भन्छ
खाँदा पनि कमिसन आउँछ भन्छ
देशको ठूलो पदमा पुगेछ क्यारे
सास फेरेको भत्ता पाउँछ यसले ।

आफैंले लेखेको आफै बुझ्दैन्
सुन्नु पर्ने कुरा कसैको सुन्दैन
यो त मन्त्री हुने लक्षण जस्तो छ
अब भन्नुस् मेरो छोरो कस्तो छ ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x