साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

सत्य बोल्नु आज सबैभन्दा जोखिम छ, झुट बेच्नु बजारभरि ठूलो मौसम छ । इमानदार अझै पालो कुरेर उभिएको, ठगको घरमा हरेक साँझ उत्सव छ ।

Nepal Telecom ad

आचार्य नन्दलाल :

१.
कुर्सी फेरियो, उस्तै पुरानै खेल छ,
भाषणभरि मह, व्यवहारमा फेल छ ।
जनताले फेरि ताली बजाइरहेकै छन्,
चुनावपछि वाचाको खुल्ला सेल छ ।

२.
मोबाइलमै डुबेर मन महान् भयो,
आफ्नै आँगनभन्दा पर्दा जहान भयो ।
आँसु पुछ्न कोही आएन वरिपरि,
इमोजी नै आज साँचो सम्मान भयो ।

३.
घुसलाई पनि कसैले अब दान भन्यो,
कमिसनलाई राष्ट्रकै सान भन्यो ।
ऐना लाजले चर्केर टुक्राटुक्रा हुँदा,
चोरले आफूलाई इमानदार मान भन्यो ।

४.
कामभन्दा फोटो खिच्ने दौर चल्यो,
सत्यलाई नै ओझेल पार्ने शोर चल्यो ।
पुल बनेन, उद्घाटन सयौँपटक भयो,
विकासभन्दा प्रचारकै जोर चल्यो ।

५.
सत्य बोल्नु आज सबैभन्दा जोखिम छ,
झुट बेच्नु बजारभरि ठूलो मौसम छ ।
इमानदार अझै पालो कुरेर उभिएको,
ठगको घरमा हरेक साँझ उत्सव छ ।

०००
२०८३ असार २३ गते ।
बेलका, सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x