भानुभक्त कुभिण्डेलीमनको प्यास
मेरा लागि तिमी खास तिम्रा लागि म हुँ खास दुस्मनको आँखा लाग्दा हाम्रो भयो उठीबास । शङ्का गर्नेले गर्दै गरून् कुरा काट्ने काट्दै गरून् अब सधैँ हामी भेट्नु पर्छ र मनको प्यास मेट्नु पर्छ ।

भानुभक्त कुभिण्डेली :
अलिकति अमला खाएकै हो
माया लाउन कोठा धाएकै हो
भनेजस्तो मान्छे पाएकै हो
दिनैपिच्छे भेट्न आएकै हो ।
जीवनमा खुसीले छाएकै हो
अन्धो भई माया लाएकै हो
एक अर्कामा दुबैले चाहेकै हो
अनि, अरूले गीत गाएकै हो ।
अहिले चाहिँ केही पिर भयो
जता हिँडे पनि भिर भयो
कसैको शब्दको तिर भयो
अलिकति उँधो शिर भयो ।
लागेको बानी सजिलै कहाँ छुट्छ ?
एक दिन नभेट्दा पिरले मुटु फुट्छ
जति टाढा, उति हुन्छ माया गाढा
हाम्रो मायामा किन बन्छन् काँडा ?
माया गर्ने गरी खाऊन्
ईर्ष्या गर्ने मरी जाऊन्
अझै मिल्न छोड्नु हुन्न
यो सम्बन्ध तोड्नु हुन्न ।
मेरा लागि तिमी खास
तिम्रा लागि म हुँ खास
दुस्मनको आँखा लाग्दा
हाम्रो भयो उठीबास ।
शङ्का गर्नेले गर्दै गरून्
कुरा काट्ने काट्दै गरून्
अब सधैँ हामी भेट्नु पर्छ
र मनको प्यास मेट्नु पर्छ ।
०००
भद्रपुर– १०, झापा
Subscribe
Login
0 Comments
Oldest






































