साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनको प्यास

मेरा लागि तिमी खास तिम्रा लागि म हुँ खास दुस्मनको आँखा लाग्दा हाम्रो भयो उठीबास । शङ्का गर्नेले गर्दै गरून् कुरा काट्ने काट्दै गरून् अब सधैँ हामी भेट्नु पर्छ र मनको प्यास मेट्नु पर्छ ।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

अलिकति अमला खाएकै हो
माया लाउन कोठा धाएकै हो
भनेजस्तो मान्छे पाएकै हो
दिनैपिच्छे भेट्न आएकै हो ।

जीवनमा खुसीले छाएकै हो
अन्धो भई माया लाएकै हो
एक अर्कामा दुबैले चाहेकै हो
अनि, अरूले गीत गाएकै हो ।

अहिले चाहिँ केही पिर भयो
जता हिँडे पनि भिर भयो
कसैको शब्दको तिर भयो
अलिकति उँधो शिर भयो ।

लागेको बानी सजिलै कहाँ छुट्छ ?
एक दिन नभेट्दा पिरले मुटु फुट्छ
जति टाढा, उति हुन्छ माया गाढा
हाम्रो मायामा किन बन्छन् काँडा ?

माया गर्ने गरी खाऊन्
ईर्ष्या गर्ने मरी जाऊन्
अझै मिल्न छोड्नु हुन्न
यो सम्बन्ध तोड्नु हुन्न ।

मेरा लागि तिमी खास
तिम्रा लागि म हुँ खास
दुस्मनको आँखा लाग्दा
हाम्रो भयो उठीबास ।

शङ्का गर्नेले गर्दै गरून्
कुरा काट्ने काट्दै गरून्
अब सधैँ हामी भेट्नु पर्छ
र मनको प्यास मेट्नु पर्छ ।

०००
भद्रपुर– १०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
पहिले र अहिले

पहिले र अहिले

भानुभक्त कुभिण्डेली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x