साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले के बिराए ?

मलाई स्रष्टाहरूले प्रशंसा गरे, भ्रष्टहरूले खेदो गरे, के बिराए ? अनि, सत्सङ्गीले भजन गाए, जड्याहरूले जाँड खाए, के बिराए ?

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

मलाई राम्राले राम्रै भने,
नराम्राले नराम्रो भने, के बिराए ?
मलाई फूलहरूले फूल नै देखे,
काँडाहरूले काँडा देखे, के बिराए ?

मलाई चोरहरूले चोर देखे,
इमानदारले इमानदार देखे, के बिराए ?
मलाई शत्रुहरूले शत्रु देखे,
मित्रहरूले मित्र नै देखे, के बिराए ?

मलाई मानवहरूले माया दिए,
दानवहरूले यातना दिए, के बिराए ?
मलाई लखुरहरूेले साथ दिए,
द्वारेहरूले लात दिए, के बिराए ?

मलाई घरवालाहरूले बास दिए,
मसानहरूले त्रास दिए, के बिराए ?
मलाई सज्जनहरूले मन पराए,
दुर्जनहरूले मन पराएनन्, के बिराए ?

मसँग सदाचारी नजिक भए
दुराचारी र व्यभिचारी टाढा भए, के बिराए ?
आफूसँग भएको कुरा नै देखाउने रहेछ,
जोजोसँग जे जे छ त्यही देखाए, के बिराए ?

मलाई स्रष्टाहरूले प्रशंसा गरे,
भ्रष्टहरूले खेदो गरे, के बिराए ?
अनि, सत्सङ्गीले भजन गाए,
जड्याहरूले जाँड खाए, के बिराए ?

०००
भद्रपुर–१०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
पहिले र अहिले

पहिले र अहिले

भानुभक्त कुभिण्डेली
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x