साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डस्नेहरू छन् यहाँ

हड्डीको जब गन्ध आउँछ भने लड्नेहरू छन् यहाँ । गर्दै अब्बल चाकरी दिनदिनै बढ्नेहरू छन् यहाँ ।। पर्दा काम कुनै असक्षम बनी भाग्नेहरू छन् यहाँ । देख्छौँ उच्च इनाम काम नगरी थाप्नेहरू छन् यहाँ ।।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

आफूमात्र ठुलो, सशक्त बलियो भन्नेहरू छन् यहाँ ।
आफू सिंंह समान अन्य भुसुना गन्नेहरू छन् यहाँ ।।
आफैँ विज्ञ वरिष्ठ सर्वजनमा मान्नेहरू छन् यहाँ ।
बाँकी तुच्छ, बेकार, नीच तलका ठान्नेहरू छन् यहाँ ।।

कोही बढ्छ अगाडि सज्जन भने ढाल्नेहरू छन् यहाँ ।
आफ्नो तागतमाथि दम्भ मनमा पाल्नेहरू छन् यहाँ ।।
रच्दै ढोँङ अनन्त हात सजिलै तान्नेहरू छन् यहाँ ।
जप्दै राम परन्तु कर्द मुटुमा हान्नेहरू छन् यहाँ ।।

औँलाे नै जब दिन्छु पूर्ण डुँडुलो निल्नेहरू छन् यहाँ ।
छोडी सभ्य मनुष्य धूर्तसँग नै मिल्नेहरू छन् ।।
पापी कर्म गरेर माथि सजिलै पुग्नेहरू छन् यहाँ ।
आफ्नो ठाउ भएर नै सहजले भुक्नेहरू छन् यहाँ ।।

हड्डीको जब गन्ध आउँछ भने लड्नेहरू छन् यहाँ ।
गर्दै अब्बल चाकरी दिनदिनै बढ्नेहरू छन् यहाँ ।।
पर्दा काम कुनै असक्षम बनी भाग्नेहरू छन् यहाँ ।
देख्छौँ उच्च इनाम काम नगरी थाप्नेहरू छन् यहाँ ।।

आफू पुग्न उँभो अनन्त छलले झार्नेहरू छन् यहाँ ।
खानामा विषपान मिश्रण गरी मार्नेहरू छन् यहाँ ।।
गर्दा सुन्दर काम मर्दन गरी धस्नेहरू छन् यहाँ ।
साथीकै पनि भेषमा छल गरी डस्नेहरू छन् यहाँ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
पहिले र अहिले

पहिले र अहिले

भानुभक्त कुभिण्डेली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x