साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाने ! तँ लेख्दै नलेख्

थोत्रा चिन्तन, अन्ध सोच जति छन् मास्ने गरी काव्य लेख् । चोखो, मानवता दया र ममता गाँस्ने गरी काव्य लेख् ॥ “भानेका कविता पढौँ म जसरी” भन्ने बना पाठक । “भाने वास्तवमा सशक्त कवि हो” चिन्ने बना पाठक ॥

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

ए भाने ! कविता सशक्त भविता पारेर राम्रो तँ लेख् ।
अन्यायी खलपात्रका विषयमा गर्जेर भाने ! तँ लेख् ॥
आँखा चिम्म बनाउँछस् यदि भने भाने ! तँ के देख्दछस् ?
खुट्टा व्यर्थ कमाउँछस् यदि भने भाने ! तँ के लेख्दछस् ?

ढोँगी, यौन पिपासु, दुष्ट मतिका खोजेर भाने ! तँ लेख् ।
बन्छस् के कवि व्यर्थ लेख्न नसके भाने ! तँ छोड्दे नलेख् ॥
भन्डाफोर गरेर भ्रष्ट जतिको ती तथ्य सारा तँ लेख् ।
ए भाने ! डरपोक छस् यदि भने छोड्दे तँ लेख्दै नलेख् ॥

तेरा काव्य पढेर चित्त नबुझी भुक्छन् त भुक्दै गरून् ।
गल्लीका अभिलुप्त ती कुकुरले सन्त्रास जत्रै छरून् ॥
डाँका, शोषक, चोर, धूर्त, जति छन् खोजेर सारा तँ लेख्
भाने ! हिम्मत हार्नु हुन्न कहिले हार्छस् भने छोड् नलेख् ॥

गर्लान् दुर्व्यवहार दुष्ट जनले ती आततायी बनी ।
च्यात्लान् नै कृति पुस्तिका सहजले छौँ शक्तिशाली भनी ॥
भाने ! मर्न तयार हो बरु अझै ती दुष्टबारे तँ लेख् ।
के होला अब खै भनेर मनमा सन्देह पाल्दै नलेख् ॥

तेरो शक्ति सदैव यो कलम हो, मर्लास् तँ मर्दैन यो ।
कोही दिन्छ रवाफ गर्जन भने तर्सेर हार्दैन यो ॥
खोजी विकृति, भ्रष्ट काम, घटना सम्पूणर् कुरा तँ लेख्
चिल्ला, भाव विहीन, तुच्छ कविता भाने ! तँ छोड्दे नलेख् ॥

लेखी शब्द बलिष्ठ यो कलमले ढ्याङ्ग्रो बजा भ्रष्टको ।
बढ्दै धड्कन त्रासले मुटु छिटो कामोस् सबै दुष्टको ॥
घुस्याहा अभिशप्त छन् मुलुकमा खोजेर भाने ! तँ लेख् ।
हेर्छस् व्यर्थ अमूकझैँ यदि भने भाने ! तँ लेख्दै नलेख् ॥

द्वारेबा अझ छन् कुकर्म उधिनी गर्जेर भाने ! तँ लेख् ।
भ्रष्टाचार जतासुकै छ अहिले विष्फोट पार्दै तँ लेख् ॥
दुःखी, पीडित दीनहीन, निमुखा-को न्याय खोज्दै तँ लेख् ।
फोस्रा ती रसहीन तुच्छ कविता भाने ! तँ लेख्दै नलेख् ॥

थोत्रा चिन्तन, अन्ध सोच जति छन् मास्ने गरी काव्य लेख् ।
चोखो, मानवता दया र ममता गाँस्ने गरी काव्य लेख् ॥
“भानेका कविता पढौँ म जसरी” भन्ने बना पाठक ।
“भाने वास्तवमा सशक्त कवि हो” चिन्ने बना पाठक ॥

तेरो काव्य पढेर भित्र सबमा सद्भावना उब्जियोस् ।
आफ्नो राष्ट्र बनाउने विषयमा सुत्ने छिटो ब्यूँझियोस् ॥
पढ्दा शब्द र भावयुक्त कविता उठ्ने जुरुक्कै तँ लेख् ।
मात्रै छन्द मिलाउँछस् यदि भने भाने ! तँ लेख्दै नलेख् ॥

०००
भद्रपुर १०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
पहिले र अहिले

पहिले र अहिले

भानुभक्त कुभिण्डेली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x