
मिश्रमामाको चाहना
हामीले यहाँको नेतालाई सही बाटोमा ल्याई राजनीतिलाई सही मार्गमा हिँडाउन सकियो भने यो देश स्वर्गतुल्य हुन्छ । हाम्रो देश मानवहितकारी प्राकृतिक स्रोत साधनपूर्ण छ ।

मुक्तिनाथ शर्मा :
आज बिहानै मिश्रमामा टुपुल्किनु भो । अव के के कुरा ल्याएर हैरान पार्छन् मामाले भनेर एउटा एउटा निहुँ पारेर हटाउँ जस्तो पनि लागेको थियो । तुरुन्तै पाका पुरानाका अर्ति सम्झेँ । मनले भन्यो गृहस्तीका घरमा जो आए पनि पाहुना ठान्नु पर्छ । उचित सम्मान माया दिनुपर्छ । फेरि मिश्रमामा त हाम्रा हास्य पात्र भैसकेका मान्छे हुदा अपमान वा तिरस्कार गर्न हुँदैन । यस्तो कुरा मनमा राखेर म सोच्दै थिएँ मामाले नै भन्नुभो- भाञ्जा मलाई एउटा टेप रिकर्डर चाहियो ।
मेरो किन मामा ? प्रश्नको उत्तरमा मामाले भन्नुभो – अब यी नेताको सातो नखाइ भएन ।
कुरो गम्भिरतातिर मोडियो । मैले कारण सोध्दा मामाले आफ्नु योजना यसरि पेस गर्नु भो – एक त ऐले हाम्रा नेताको भर भएन । कहिले के र कहिले के बक्न थाले । अर्थात आफ्नै कुराको पनि बिपरित जान थाले । त्यसैले उनले बोलेको कुरा टेपरेकर्डरमा राख्न पर्यो । जव आफ्नै कुरा विपरित बोल्छन् टेप खोलेर सुनाउँदै सातो खान पर्ने भो । यतिले मात्र पनि हुँदैन । अब मैले नेपालका गाउँ गाउँ जान पर्ने भो । त्यहा गएर लमजुङे गुरुङ, गोर्खाली मगर, काठमाडौं उपत्यकाका नेवार, वरपरका तमाङ, पूर्वका राई, लिम्बु, मधेशका यादव आदि सारा भाइ बन्धु भेट गर्न पर्ने भो । उनीहरूका आवश्कता तथा चाहना बुझ्न पर्ने भो । ती सबै कुरा रेकर्ड भरेर ल्याइ नेताका घैँटामत भर्न पर्ने भो । यति गरिसकेर भन्न पर्ने भो – यहि अनुसार अर्थात जनचाहना अनुसार काम गर नत्र…
मैले मामाका कुरा भक्तजनले धार्मिक पुराण सुनेझै सर्लक्क सुने । मामालाई बेसार व्यापारी असभ्य गाउँले सम्झन छाडेँ । एउटा विद्वान राष्ट्रसेवी राजनीतिज्ञ दर्शनशास्त्री जस्तै सम्झन र मान्न थालेँ । अझै बकाउन मन भयो । मैले प्रस्न बिच्छ्याएँ- यति भए पुग्ला मामा ?
मामा एक्कासी भावुक हुनु भो र भन्नु भो- हेर्नोस् भाञ्जा बाबु ! हामीले यहाँको नेतालाई सही बाटोमा ल्याई राजनीतिलाई सही मार्गमा हिँडाउन सकियो भने यो देश स्वर्गतुल्य हुन्छ । हाम्रो देश मानवहितकारी प्राकृतिक स्रोत साधनपूर्ण छ । यी साधनको सदुपयोग गरेर राजनीति सफा गराउन सक्ने हो हामी भन्दा सुखी अरु कोही हुँदैन । हामी त विकृत राजनीतिका कारण अशिक्षित, गरिब, बुद्धु र शक्तिहीन भएका हौ नि…
यति भनि सकेर मामा आफ्नु बाटो लाग्नुभो । हामी आज हाँस्न पाएनौँ । भोलि हाँसौला ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest