साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामाको चाहना

हामीले यहाँको नेतालाई सही बाटोमा ल्याई राजनीतिलाई सही मार्गमा हिँडाउन सकियो भने यो देश स्वर्गतुल्य हुन्छ । हाम्रो देश मानवहितकारी प्राकृतिक स्रोत साधनपूर्ण छ ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

आज बिहानै मिश्रमामा टुपुल्किनु भो । अव के के कुरा ल्याएर हैरान पार्छन् मामाले भनेर एउटा एउटा निहुँ पारेर हटाउँ जस्तो पनि लागेको थियो । तुरुन्तै पाका पुरानाका अर्ति सम्झेँ । मनले भन्यो गृहस्तीका घरमा जो आए पनि पाहुना ठान्नु पर्छ । उचित सम्मान माया दिनुपर्छ । फेरि मिश्रमामा त हाम्रा हास्य पात्र भैसकेका मान्छे हुदा अपमान वा तिरस्कार गर्न हुँदैन । यस्तो कुरा मनमा राखेर म सोच्दै थिएँ मामाले नै भन्नुभो- भाञ्जा मलाई एउटा टेप रिकर्डर चाहियो ।

मेरो किन मामा ? प्रश्नको उत्तरमा मामाले भन्नुभो – अब यी नेताको सातो नखाइ भएन ।
कुरो गम्भिरतातिर मोडियो । मैले कारण सोध्दा मामाले आफ्नु योजना यसरि पेस गर्नु भो – एक त ऐले हाम्रा नेताको भर भएन । कहिले के र कहिले के बक्न थाले । अर्थात आफ्नै कुराको पनि बिपरित जान थाले । त्यसैले उनले बोलेको कुरा टेपरेकर्डरमा राख्न पर्‍यो । जव आफ्नै कुरा विपरित बोल्छन् टेप खोलेर सुनाउँदै सातो खान पर्ने भो । यतिले मात्र पनि हुँदैन । अब मैले नेपालका गाउँ गाउँ जान पर्ने भो । त्यहा गएर लमजुङे गुरुङ, गोर्खाली मगर, काठमाडौं उपत्यकाका नेवार, वरपरका तमाङ, पूर्वका राई, लिम्बु, मधेशका यादव आदि सारा भाइ बन्धु भेट गर्न पर्ने भो । उनीहरूका आवश्कता तथा चाहना बुझ्न पर्ने भो । ती सबै कुरा रेकर्ड भरेर ल्याइ नेताका घैँटामत भर्न पर्ने भो । यति गरिसकेर भन्न पर्ने भो – यहि अनुसार अर्थात जनचाहना अनुसार काम गर नत्र…

मैले मामाका कुरा भक्तजनले धार्मिक पुराण सुनेझै सर्लक्क सुने । मामालाई बेसार व्यापारी असभ्य गाउँले सम्झन छाडेँ । एउटा विद्वान राष्ट्रसेवी राजनीतिज्ञ दर्शनशास्त्री जस्तै सम्झन र मान्न थालेँ । अझै बकाउन मन भयो । मैले प्रस्न बिच्छ्याएँ- यति भए पुग्ला मामा ?

मामा एक्कासी भावुक हुनु भो र भन्नु भो- हेर्नोस् भाञ्जा बाबु ! हामीले यहाँको नेतालाई सही बाटोमा ल्याई राजनीतिलाई सही मार्गमा हिँडाउन सकियो भने यो देश स्वर्गतुल्य हुन्छ । हाम्रो देश मानवहितकारी प्राकृतिक स्रोत साधनपूर्ण छ । यी साधनको सदुपयोग गरेर राजनीति सफा गराउन सक्ने हो हामी भन्दा सुखी अरु कोही हुँदैन । हामी त विकृत राजनीतिका कारण अशिक्षित, गरिब, बुद्धु र शक्तिहीन भएका हौ नि…
यति भनि सकेर मामा आफ्नु बाटो लाग्नुभो । हामी आज हाँस्न पाएनौँ । भोलि हाँसौला ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x