सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अन्धो र देशद्रोही

के आजको नेपाली समाजमा देखिएका यस्ता यावत पक्षहरू आँखा चिम्लेर कान थुनेर बस्न रमाइलो लाग्ने खालका छन ? भोलिको देश र समाजको खाका बनाउने ज्ञान दिने जिम्मा कसको ? यसमा नियमन गर्ने जिम्मा कसको ?

Nepal Telecom ad

रामकृष्ण ढकाल :

निकै फूर्ति छ उनीहरुको । रामनामी सुहाउने शरीरमा शर्ट पाइन्ट गलामा कपडाको दाम्लो मारिएका जन्तुको छालाको जुत्ता अनि बिहानदेखि बेलुकासम्म नेपालीलाई हलुका पार्दै म्लेच्छ भाषा । अझ वर्षेनि अनेक रङ्ग र ढङ्गबाट साजसज्जा फेरिइरहने बङ्गला अनि दैलोको सानो पालिमा महङ्गो कार ।

महिनैपिच्छे जिल्ला र क्षेत्रस्तरका बैठक, भेला आदि । कहिले प्रकाशकहरूसँग, कहिले छापाखानाहरूसित अनि कहिले निजि विद्यालयहरूबिच नै । कोहि प्रिन्सिपल अरे, कोहि भाइस प्रिन्सिपल, कोही प्रशाशक अनि कोहि शैक्षिक व्यवस्थापक; अझ कोहि गतिविधि व्यवस्थापक पनि ।

महिनैपिच्छे शुल्क बुझाउनु पर्ने ढिला भए जरिवाना गर्ने नेपाली बोल्न नपाइने बोलिहाले जरिवाना लगाइने कति राम्रो शासन । अभिभावकको हर नाङ्गो विद्यार्थीको ढाड बाङ्गो । आफ्नोपन डढाएर म्लेच्छ भाषा सँस्कार पढाएर उच्च गुणस्तरीय शिक्षाको मैमत्तछ यिनिहरूमा ।

एकदिन कुनै दुई विद्यार्थी गह्रुङ्गो झोला बोकेर पढ्न जाँदा बाटोमा कुराकानी गर्दै रहेछन । एउटा विद्यार्थी :- ओइ तँ ठूलो भएपछि के बन्छस हँ ?
अर्को विद्यार्थी :- खै अहिले नै के थाहा ! अनि तँ चाहिँ के बन्छस नि ?
शुरुको विद्यार्थी :- अङ्ग्रेजी भाषाको यति गह्रुङ्गो भारी दिनका दिन बोक्नुपरेपछी अरू के बनिन्छ बिदेशिको गधा नबनेर । जे तालीम भयो त्यै त बनिन्छ नि !!
चौतारीमा बसेका बूढा पाकाहरू गफ गर्दैरहेछन् ।
जमाने बूढा :- यता सुन्नुस न कमाने तपाईंको नातिलाई कुन स्कुलमा पढाउनुभाछ ?
कमाने बूढा :- कुन स्कुलमा हुनु त्यही पल्लो गाउँको नाइस फरेन स्कुलमा त हो नि !
जमाने बूढा :- के बनाउनु हुन्छ पछि नातिलाई ?
कमाने बूढा :- अन्धो र राष्ट्रद्रोही ।
जमाने बूढा :- हैन के भन्नुभएको यस्तो । आफ्ना नाति नातिनालाई कसले अन्धो र शेष द्रोही बनाउन सक्छ र त्यत्रो खर्छ गरेर ?
कमाने बूढा :- हामी कसैले पनि आफ्ना नाति नातिनालाई नराम्रो बाटोमा लागेको कल्पना पनि गर्न सक्दैनौँ । तर के गर्नु देशको अवस्था वातावरण नै त्यस्तै छ । अनि गुणस्तरीय शिक्षाको नाममा तपाईं हामी सबैले आफ्ना छोराछोरी नातिनातिनालाई अन्धो र देशद्रोही नै बनाउन बाध्य छौँ ।
जमाने बूढा :- मैले त कुरो अलि बुझिन नि ! म बूढोले बुझ्ने गरि भन्नुहोस् न ।
कमाने बूढा :- ल सुन्नुस् । जब १२ कक्षा पास भैसक्छन् नि हाम्रा छोराछोरी नातिनातिना तब उनीहरू राम्रैसँग अन्धा भइसकेका हुन्छन् त्यसैले उनीहरुले यो देशमा केही देख्दैनन् । न बाबुआमा देख्छन, न अवसर देख्छन्, न अरु केही यहाँका विषयवस्तु ।
अझ के के न गरेँ भनेर वैशाखको नयाँ वर्ष पुसमै मनाउने, अधारात अर्थात चकमन्न मध्यरातलाई दिनको शुरु मान्ने, केक काटेर जन्मपर्व मनाउने, तपाईं हामीजस्ता पाका मान्यजनलाई कत्ति पनि नमान्ने, यहाँको संस्कारलाई घृणा गर्ने, विदेशको उच्चताको एकदम बखान गर्ने जस्ता सयौँ हर्कत देखाउँछन् । अनि भएनन् त साँच्चिकै अन्धो र देशद्रोही ?
जमाने बूढा :- हो यो कुरा सोह्रै आना ठिक हो । हाम्रो पुस्तापछिको पुस्ता त यति बिग्रेको छ कि कुरा गरिसाध्यै छैन । आफ्नो देशको बुद्ध नचिन्ने तर विदेशको जगल्टे चिन्ने, डोको नाम्लो, हँसिया, ढिकी जाँतो, कोदालो, हलो, दाँदे, बाउसे नचिन्ने तर विदेशका सपनामा पनि सोच्न नपर्ने मेस्सी, एम्बाप्पे, कोहली, जस्तालाई भने चिन्ने अनि कसरी हुन्छ ? फेरि हामीलाई यिनै वरपरका स्कुलभन्दा अरु ठाउँ पनि छैन । तिनैमा नपढाएर के गर्नु ? पढाइमा पठाएको हैन सडाइमा पठाएको पक्का भएको छ ।

के हाम्रो देशको यो लाजमर्दो हविगत देख्दा देख्दै पनि अहिलेका स्कुलहरूले साँच्चै गुणस्तरीय शिक्षा दिएका भन्न मिल्छ ? विश्वमा अरु कुन चाहिँ देश होला यस्तै गरि सडेको ? के आजको नेपाली समाजमा देखिएका यस्ता यावत पक्षहरू आँखा चिम्लेर कान थुनेर बस्न रमाइलो लाग्ने खालका छन ? भोलिको देश र समाजको खाका बनाउने ज्ञान दिने जिम्मा कसको ? यसमा नियमन गर्ने जिम्मा कसको ? कर र शुल्कको रूपमा ढाड सेक्नेगरी लिइयो भन्दैमा यस्तो घात गर्न पाइन्छ ? जसले लूटमा रमाएर यस्तो गर्ने छुट दिन्छ के त्यो साँच्चिकै मानव हो त ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दोष

दोष

रामकृष्ण ढकाल
आन्दोलन कि हान्दोलन

आन्दोलन कि हान्दोलन

रामकृष्ण ढकाल
बिरालो बैठक

बिरालो बैठक

रामकृष्ण ढकाल
वास्तविक ऐना

वास्तविक ऐना

कृष्ण शर्मा सुमु
अनुहार देखिने ऐना !

अनुहार देखिने ऐना !

डा. छायादत्त न्यौपाने ‘बगर’
नाकार्षण

नाकार्षण

सञ्जय साह मित्र
कानुन

कानुन

सुरेशकुमार पाण्डे
नेता

नेता

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x