साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोहीको आँसु

आज तल गुल्टेपछि, स्वाभिमान ढोग गर्नुहुन्छ? सत्ता र शक्तिमा हुँदा, धूर्त स्याल बन्नु भयो । आज भुइँमा पछारिएपछि, बाघ भएको नक्कल गर्नु हुन्छ ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

शिखरमा पुग्दा,
सिन्को भाच्नु भएन ।
जमिनमा झरेपछि,
आकास थाम्ने कुरा गर्नुहुन्छ ?

शक्तिको मदमा डुब्दा,
आफन्त बाहेक अरुलाई चिन्नु भएन ।
शक्तिको नसा उत्रिएपछि,
जनतालाई सम्झिनु हुन्छ ?

डाडुपनिउँ हातमा छँदा,
आफ्नै भकारी भर्नु भयो ।
भन्छाको चौकीबाट तल झरेपछि
सुशासनको कुरा गर्नु हुन्छ ?

शिखर पुग्न,
सबैको पाउ मोल्नु भयो,
घर, घर चहार्नु भयो ।
आज तल गुल्टेपछि,
स्वाभिमान ढोग गर्नुहुन्छ?

सत्ता र शक्तिमा हुँदा,
धूर्त स्याल बन्नु भयो ।
आज भुइँमा पछारिएपछि,
बाघ भएको नक्कल गर्नु हुन्छ ।

पैले दैलो देख्नु भएन,
दैलोमा नै बिस्ट्याउनु भयो ।
सिनो जस्तो गनाएपछि,
आज गोहीको आँसु झर्नु हुन्छ ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x