साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोकै बस तिमी बरु

कोही छन् चाकरी गर्दै झोला बोक्न रमाउने । लम्पसार परी कोही प्रतिष्ठा नै गुमाउने ।। त्यसैले हेपिएका छन् सर्वाेच्च कर्मका गुरु । छोडेर चाकरीबाज भोकै बस तिमी बरु ।।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

अर्काको पार्दछन् राम्रो भविष्य जसले तर ।
उसैको अहिले देख्छौँ अन्धकार सधैँ घर ।।

पछिल्लो बेन्चमा बस्ने हिँड्छन् राज्य चलाएर ।
अघिल्लो बेन्चका बस्छन् भोकै शिष्य पढाएर ।।

हेप्दै, पेल्दै थिची ङ्याकी ती अपमान गर्दछन् ।
गुरुका काँधमा चढ्दै टाउकोतिर हान्दछन् ।।

पढाएका उनै शिष्य मन्त्री, प्रधानमन्त्री छन् ।
शिक्षकमाथि गर्दैछन् उनैले भेदभाव झन् ।।

कोही छन् चाकरी गर्दै झोला बोक्न रमाउने ।
लम्पसार परी कोही प्रतिष्ठा नै गुमाउने ।।

त्यसैले हेपिएका छन् सर्वाेच्च कर्मका गुरु ।
छोडेर चाकरीबाज भोकै बस तिमी बरु ।।

०००
भद्रपुर-१०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
पहिले र अहिले

पहिले र अहिले

भानुभक्त कुभिण्डेली
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x