मुकुन्द आचार्यप्रश्न सोझा ! उत्तर बाउँठा !! (२)
प्रश्न :- केटाकेटीलाई घरबाट लैजाने, आफूखुशी आमा बाबुसँग पैसा असूल गर्ने र पछि केटाकेटी छाड्नेलाई अपहरणकारी किन नभन्ने ? उत्तर :- इङ्लिस बोर्डिङ स्कूलको प्रिन्सिपल भन्ने ।

मुकुन्द आचार्य :
नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका मुकुन्द आचार्य (२००१ चैत्र ६ गते) नेपाली हास्यव्यङ्ग्यमा कलम चलाइरहनु भएका जेष्ठ व्यक्तित्व हुनुहुन्छ । प्राध्यापन पेशाबाट निवृत्त आचार्यकाे ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना नै पहिलाे प्रकाशित रचना हाे । पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँका अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ र ‘प्रश्न साेझा ! उत्तर बाउँठा !!’ (२०६३) रहेका छन् । उहाँसँग अनुमति लिएर ‘प्रश्न साेझा ! उत्तर बाउँठा !!’ कृतिबाट प्रश्नाेत्तरका बाउँठा उत्तरहरू क्रमागत रूपमा प्रविष्ट गर्ने जमर्काे गरिएकाे छ । – सम्पादक
५. प्रश्न :- एकातिर नोटको बिटो र अर्कोतिर पेस्तोल राखेर बस्ने यो कुनै डाकूको तस्वीर हो ?
उत्तर :- हैन, चुनावी उमेद्वारको तस्वीर हो।
६. प्रश्न : – चलन हराउँदै गएको चुन्नीले छोप्ने कुरा नछोपेर घाँटीमा किन बेरेर राख्छन् ?
उत्तर :- मौका मिले ओछ्याउन काम लाग्छ भनेर राखेको।
७. प्रश्न :- भोजभतेरमा पार्टीमा ठूला हाकिम नै किन थोरै खान्छन् ?
उत्तर :- किनभने घूस खाँदाखाँदा उनीहरूको भोक मरिसकेको हुन्छ, अर्थोक क्यै पनि उनीहरूलाइ रुच्दैन !
८. प्रश्न :- केटाकेटीलाई घरबाट लैजाने, आफूखुशी आमा बाबुसँग पैसा असूल गर्ने र पछि केटाकेटी छाड्नेलाई अपहरणकारी किन नभन्ने ?
उत्तर :- इङ्लिस बोर्डिङ स्कूलको प्रिन्सिपल भन्ने ।
०००
प्रश्न सोझा ! उत्तर बाउँठा !! (२०६३)
Subscribe
Login
0 Comments
Oldest








































