साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौँलाई बङ्गारा गोदान

नाइँ भनेर किन छुच्चों बन्नु भन्ठानेको त दाँत फुक्लेर आफैं बुच्चो भयो । को छुच्चो हो अब पाठकहरूले नै नियांनिसाफ गर्नुहोला । ऐया । आफूलाई अझ दुख्दै छ ।

Nepal Telecom ad

मुकुन्द आचार्य :

काम, दाम र नाम यसै त्रिकोणमा संसार रुमल्लिएको छ, माम खानलाई काम गर्नेपयो । पाउरोटीमा जाम हालेर खाने हो भने दाम चाहियो, समाजमा ठाम खोज्ने हो भने नाम पति चाहियो । कुन्नि भगवान्‌लाई त चाहिन्छ कि चाहिन्न, तर मान्छेलाई बाचुन्जेल काम, दाम र नाम नभई नहुने ।

म पनि एकपल्ट ‘कामी’ (कामकाजी) भएर शिवकी पुरी कान्तिपुरी नगरी’ जाने भएँ । जुन नेपाली आफ्नो जवानीमा काठमाडौं गएन र बुढ्यौलीमा काशी गएन, त्यो के नेपाली ? आपनो नेपालीपन म सितिमिति गुमाउन चाहन्नँ । त्यसैले होला दसैले बोकालाई घिच्च्याए  झैँ  मलाई पनि काष्ठमण्डपले आफूतिर घिच्यायाे ।

आफ्नो कार्यालयले दुई-तीनवटा ज्याउ काम मेरो जिम्मा दिएको थियो । जागिर जोगाउनु छ भने हाकिमको हुक्का र हुकुम दुवै बोक्नैपर्छ । धेरै दिनपछि काठमाडौं जाने साइत जुरेको हुनाले मेरो खुसी फुसी भएर छताछुल्ल हुन थाल्यो । घर, छिमेक, इष्ट, मित्र, परिचित, अपरिचित सबैले म काठमाडौं जाने कुरा चाल पाएँ । सबैको हेराइमा मेरो महत्त्व अलि बढेजस्तो मैले अनुभव गरें ।

बिस्तारै काठमाडौं जाने दिन पनि नजिकिन थाल्यो। बूढी कन्येले बिहेको दिन पर्खेजस्तै म पनि अम्ला भाँच्न थालेँ ।

कलैयादेखि काठमाडौंसम्मका लागि दिनहुँ यौटा बससेवा छ । बसको यौटा फक्स्ल्याटो कलैयाका यात्रुका लागि र अर्को फक्ल्याटो वीरगन्जका यात्रुका लागि अंशबण्डामा परेको छ ।

फरमायसी कार्यक्रम घरैबाट सुरु भयो । श्रीमतीले अरू बेला नीमको पात चपाएर बोले पनि अहिले मुखभरि मह दलेर भनिन् ‘फोरेनको साडी सस्तो पाइन्छ भन्छन् काठमाडौंतिर…।’ छोराछोरीले सम्झाए- ‘गुँदपाक र पुष्टकारी ।’ ‘पशुपतिनाथको प्रसाद ल्याउनू’ कसैले भनेनन् । पशुपतिनाथ बूढाको कति चित्त दुख्यो होला, बरा ।

काठमाडौं जाने दिन बिहानैदेखि छरछिमेकी र इष्टमित्रको ताँती सुरु भयो । भी. आई. पी. भएँ कि भन्ने भान पनि भयो। एक जना पुराना गुरुले आफ्नो छोराको माइग्रेसन सर्टिफिकेट ल्याइदिनुपर्यो भनेर दरखास्त जिम्मा लाउँदै भने-‘अहिले बाबूले नै पैसा लगाइदिनू, पछि म दिउँला नि । समय र पैसा दुवै खेर जाने भो भन्ठानें, तैपनि गुरुको सेवा गर्ने मौका पाइएकोमा म दङदास नै थिएँ ।

अर्का सज्जन ‘हस्याङफस्याङ गर्दै आए । यौटा चिठी तेर्स्याउँदै भने- ‘थो चिठी मेरो छोराकै हातमा परोस् है, बाबू । तिहीं महाराजगन्ज त हो नि । अर्जेन्ट छ !’ उनको चिठी अर्जेन्ट थियो कि थिएन तर उनको हस्याङफस्याङ ‘मोस्ट अर्जेन्ट’ बुझियो । पत्र बुझनैपर्यो ।

अर्काले भिडियोका पाँच थान क्यासेट ल्याएर भिडायो- ‘तिहीं पीपलबोटनेर त हो नि। साटेर अर्को पाँच थान ल्याइदिनुहोला ।’ ‘नाहीं’ भन्ने आँट आएन । मान्छे अलि डरलाग्दै थियो । रुन्डैरुन्डै पिँडालीलाई ‘खै-खे’ मा पछार्ने जस्तै । फेरी काम गरिदिए त एक रात भए पनि सित्तैमा विष्णपराण (बी. पी.) देखाइ पो दिन्छ कि भन्ने मृगमरीचिका मेरो मनको मरुभूमिमा देखा पर्यो ।

अर्का परममित्र प्रकट भए । हालखबर सोधेर भमिका बलियो पारेर भने-‘युनिभर्सिटीबाट फारम ल्याइदिनुहोला, पाँच दिन मात्रै म्याद बाँकी छ । जीवनको प्रश्न छ ।’ सोच्ने मौकै पनि नदिई उनले मलाई आफ्नो जीवनको ठेक्कापट्टा जिम्मा लाए ।

बसस्टैन्ड पुगें । कार्यालयको कामकै बसले निकै पर्खायो । बल्लबल्ल अन्मरियो । गर्मीमा बित्यामा किन भित्र कोच्चिनु भनेर तल झरें- हावा खान । साइत बन्ला भनेर श्रीमतीले मेरो निधारमा रातो अछेता टाँसिदिएकी थिइन् । त्यो रातो टाटोले त मेरो साइत माटो पार्यो । मेरो निधारमा रातो टीका देखेर छेउछाउका पसलहरूबाट फोकटमा मालसामान पठाउने सिकारीहरू चारै दिशाबाट करे। कसैले लुगाको पोको दिए, कसैले तराईको तरकारी, कसैले गाउँको शुद्ध घिउ । ककसको सामान कहाँकहाँ दिने हो मेरो मगजले भ्याउला जस्तो लागेन । यौटा नोटबुक किन्नैपर्यो । सबैको नाउँ, गाउँ र एकपुस्ते सम्झीसम्झी लेखें ।

उता ड्राइभरले हर्न बजाउँदाबजाउँदा थाक्यो, कन्डक्टरले बस ठटाउँदा-ठटाउँदा हार भएर मैलाई ठटाउँला जस्तो गर्न लाग्यो । आफूचाहिँ छोराको बिहेमा सम्धी भएर हिँडेजतिकै थियो। झन्डै गोडा तीस-पैंतीस थान मालसामानहरू असिनपसिन हुँदै केही बसको खप्परमा र केही बसको भुँडीमा कोच्दै थिएँ । मनुष्य सामाजिक प्राणी हो भनेर केटाकेटीमा पढेको थिएँ बुढेसकालमा त्यसको अर्थ बुझेँ।

अर्काको नासो गलाको पासो । बाटोमा मेरा अन्य सहयात्रीहरू खानपिन गर्न, लघुशङ्का र दीर्घशङ्का मेट्न होटेलका थकाल्नीहरूलाई भेट्न तल झर्थे, म अभागीचाहिँ आफ्ना इष्टमित्र, भद्रभलादमीहरूको नासो कुरेर सिटमै कोच्चिइरहन्थें । न दुई गाँस कतै खानै पाइयो, न हातखुट्टा तन्काउन कतै जानै पाइयो । घाट लगेको रोगीलाई कुरुवा बसेजस्तै भइयो । बमैं गए पनि कर्मले छाड्‌दैन भनेको यही हो । अरूहरू टन्न खाएर उँग्न थाले, आफूचाहिँ भोकले भन्न हुँदै मालताल कुर्न थालें ।

बिहानीपख भानुभक्त बूढालाई मन परेकी नगरीमा पुग्दा त पेट भोकले गाइनेको सारङ्गीजस्तो भयो, रातभरि सुत्न नपाएर आँखा नारड्डी (सुन्तला) जस्तो भयो । खास आफ्नो चाहिँ यौटा सानु फोला मात्रै थियो। आफन्तहरूका सामानका लागि यौटा ट्याक्सी लिनैपर्यो । उता रात्रि बसले भिन्दै लगेज चार्ज ठटायो ।

आफ्नो काम भर्सेलै परोस् भनेर मरीमरी, ठाउँठाउँमा ट्याक्सी लिई दौडादौड गरेर दसवटा जति सामानलाई ठेगानमा पुऱ्याएँ । तैपनि अरु बीस-पच्चीसवटा बाँकी । हैरान भएर यौटा जुक्ति सिकें। आवश्यक्ता नै आविष्कारकी मम्मी (माता) हो भन्ने सत्य मलाई खुलस्त भयो ।

न्युरोडमा बुट पालिस गर्ने यौटा दाइलाई फकाएर उसको पसल त्यहाँबाट हटाएर पच्चीस थान सामान लिएर आफै बसें- न्युरोडमा त पक्कै पनि मोरामोरीहरू (मालसामानका मालिकहरू) भेटिन्छन् भन्ठानें। तीन घण्टाको बसाइँसराइको उसले मसँग तीस रुपियाँ ठटायो ।

एकैछिनपछि एक जना भलादमी आए- काँधमा बैग सुन्ड्याएका थिए । बैगबाट कागजमा बेरेको थोत्रो जुत्ताको पोको मेरा अघिल्तिर हुर्याउँदै भने- ‘ए। तिमी यहाँ बस्ने सार्कीका साला हौ कि कसो ? भिनाजु बिरामी परे कि कसो, यी जुत्ता जसरी भए पनि आजै ठीक गरिदिनु है ।’

उसै त बुहारी भटमास खाएकी । अर्काको नासो र घाँडोले म भित्रभित्रै सल्केकै थिएँ, घिउ खन्याएजत्तिकै भयो। ती भलादमीको सातो जाने गरी रुम्टें-‘तिम्रो जुत्ता त ठीक पार्न सक्दिनँ तर तिम्रै जुत्ताले तिमीलाई ठीक पार्नचाहिँ सक्छु । के भनेर मलाई त्यो सार्कीको साला भन्ठान्यौ ?’

त्यो परेछ काठमाडौंको थ्री एक्स (XXX) हुल्याहा । उसले त जुडो, करति, कम्फू र फ्री स्टाइल सबैको सामूहिक प्रयोग ममाथि गर्न थाल्यो । मैले उसको सक्दो प्रतिरोध त गरें तर त्यो प्रतिरोध भयो नेपालले पाउने विदेशी सहायताजस्तै ।

रेडियोमा सुन्दा निकै देखिने व्यवहारमा हेर्दा तातो न छारो । एकछिनमै मेरो जीउ त कचिलाजस्तो भयो । अरूले ‘हा। हा ॥’ गरेर बचाउँदाबचाउँदै हाहाकार !

दुइटा बङ्गारा अलिअलि हल्लिएका थिए। अल्छी गरेर डेन्टिस्टछेउ गएको थिइनँ । अहिले सजिलैसँग ती दुई दाँत भैमा पछारिए । ती दुवै बङ्गाराले मलाई गिज्याउँदै भने- ‘वर्मा, आसाम र मेघालयबाट बर्सेनि हजारौं प्रवासी नेपालीहरू सुकुम्बासी भएर अलपत्रिंदा न तिमीलाई चिन्ता छ न तिम्रो सरकारलाई । हामी दुई भाइ दाँत पनि अव सुकुम्बासी भयौं, चिन्ता नगर ।’ आफ्नो अनुहार भताभुङ्ग, सामान लथालिङ्ग । धेरैजसो सामान त हा हा… गर्दै मेरो रक्षा गर्नेहरूले सुरक्षित रूपमा आफ्नो घर पुन्याएछन् । मैले हात जोरेर दुवै दाँतलाई ढोगेফি মগজে हानी यित्रो ठूलो दुर्घटना भएपछि म के खान यसिरहन्थें । तुरुन्तै गएर नाइट बसको टिकट लिए। बसको इन्जिनलाई साष्टाङ्ग दण्डवत् प्रणाम गरे ‘नो विग्रीकन मलाई चाँडो कलैया पुऱ्याइदेऊ भनेर।

एकैछिनमा त आफ्ना गाउँलेहरू पोकापोकी चिठीपत्र लिएर त्यहाँ हाजिर । सबले काम र खाम दिन थाले । दाँत कसरी फुक्ल्यो भनेर सोधे। ‘हजुरहरूकै कृपा’ भर्ने, शारीरिक र मानसिक दुवै प्रकारको पीडाले म रन्थनिएको थिए । कसैको काम र खाम स्वीकार गरिन । सबै रिसाए । ‘बडो ठूलो भएको । घमन्डी । नेप्रिएको जस्ता पुष्पवृष्टि ममाथि भयो । तर म हिमाल अटल रहें । दुई थान बङ्गारा काठमाडौंलाई गोदान गरेर आफ्नो कुनै काम पनि नसकेर पारिवारिक फरमाइसी पनि पूरा नगरेर म कलैया फर्के। अर्कोतिरको पनि बङ्गारा झारिमाग्न म किन अरूको नासो अब बोकीबोकी हिँड्थेँ । ‘नाइँ भनेर किन छुच्चों बन्नु भन्ठानेको त दाँत फुक्लेर आफैं बुच्चो भयो । को छुच्चो हो अब पाठकहरूले नै नियांनिसाफ गर्नुहोला । ऐया । आफूलाई अझ दुख्दै छ ।

०००
पट्ठाे बन्ने रहरमा (२०४६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
प्रश्न सोझा ! उत्तर बाउँठा !! (२)

प्रश्न सोझा ! उत्तर...

मुकुन्द आचार्य
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x