साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृष्टि र सृष्टि !

आफैँलाई संझिएँ  यो हाकिमकै बूढी हो ! मेरी बुढी हुँदै हैन ! अचेल त हाकिम मलाई निकै मान्दछन् मेरी बूढीलाई द्रौपदी आफूलाई युधिष्ठिर र मलाई अर्जुन ठान्दछन् !’

Nepal Telecom ad

मुकुन्द आचार्य

काठमाडौंको अपरिचित हुलमा
पुराना परिचित भेटिए
तर बिचरा निकै दुखी देखिए !
मलाई चिया नास्ता ख्वाएर
सार्वजनिक पसलमा
गोप्य रुपमा रुन थाले !

‘आचार्य सर ! मा ठूलो कष्टमा छु !
आफ्नै आङ् कन्याएर
आफ्नो छारो उडाउँदैछु !’

मैले सहानुभूति देखाएँ
के भयो र त्यस्तो ?
भन्दै उनको घाउमा मलम लाएँ !
उनले भो, मेरो त जहानै डुब्यो !
रुनु न हाँस्नु भा’छ !
धेरैले भन्छन्
मेरी बूढीको त हाकिमसँग लपसप भा’छ !

मैले धैर्य राख्नु भनेँ
उनको दुःखमा दुखी भई
चियाको पैसा स्वयं गनेँ !

केही महिनापछि
पुनः ती परिचित भेटिए
भयंकर प्रसन्न मुद्रामा देखिए !
घुमाउरो पारामा सोधेँ
तपाइँको घरेलु समस्या सल्टियो ?
उनले हाँस्दै भने
‘मेरो दृष्टि पल्टियो
समस्या त्यत्तिकै सल्टियो
मैले आफ्नी बूढीलाई
हाकिमकै बूढी ठानेँ
आफूलाई चैँ बूढीको नाठो मानेँ
महिनामा दुइ चार दिन
म कहाँ पनि आएर बस्छिन्
त्यस छोटो सहवासलाई
अफिसले दिएको बोनस ठानेँ !

आफैँलाई संझिएँ
यो हाकिमकै बूढी हो !
मेरी बुढी हुँदै हैन !
अचेल त हाकिम
मलाई निकै मान्दछन्
मेरी बूढीलाई द्रौपदी
आफूलाई युधिष्ठिर
र मलाई अर्जुन ठान्दछन् !

०००
बारा

 पहिलाेपटक फित्काैलीमा वि.सं. २०७० कात्तिक २५ सोमवार प्रविष्ट गरिएकाे थियाे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
प्रश्न सोझा ! उत्तर बाउँठा !! (२)

प्रश्न सोझा ! उत्तर...

मुकुन्द आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x