साइबर अपराध सम्बन्धी सचेतना सामग्री

र ऊ बन्ला कस्तो ?

जहाँ फरक हुन्न बोली बस् मान्छेको परिभाषामा मान्छे एउटै उभिन सक्नुको मजा हो सर्वोच्च मानव जस्तो छ जरा र रुख पहाड र समुद्र जल र तरङ्ग माटोमन र मिजास !!

Nepal Telecom ad

कलानिधि दाहाल :

रुख जमिन टेकेर
अनन्त फैलिएर
जराहरू माटोमा
अग्लो उचाइ
आकाश अग्लेझैँ
मान्छे आदर्शको
आकाश माथिमाथि
फुकाएर मनका पोयाहरू
घरव्यवाहरमा
समाजसमन्वयमा
समग्र विश्व
हेराइका आँखामा
जमिन टेकेर
जरा फैलिएझैँ
आदर्श मुछेर यथार्थमा
यथार्थ घोलेर आदर्शमा
खोलेझैँ
सर्वतझैँ
अझ बुझ्ने भाषामा चियाझैँ
घोलिनु पर्छ हर्पल
हर्समय
हर्थल
सिर्जना फरक हुन्न
बोली फरक हुन्न
आदर्श अलग हुन्न
यथार्थ एकदमै छुट्टिन्न
जसरी
पहाड छुट्टिन्न माटोमा
समुद्र छुट्टिन्न जमिनमा
जरा अलग हुन्न रुखमा
रुख फरक हुन्न
माटो फैलिका जरामा
कोही न बोल मेरा कानमा
मेरा कान नसुन कसैसँग
रुख अलग हो जराबाट
जरा अलग हुन् रुखबाट
आदर्श फरक हो जीवनबाट
जीवन फरक हो आदर्शबाट
आदर्श फरक हो यथार्थबाट
यथार्थ फरक हो आदर्शबाट
सिर्जना फरक हो सर्जकभन्दा
सर्जक फरक हो सिर्जनाभन्दा
पाउनु स्वतन्त्रता हो
भन्नू तिम्रो
हामी
हाम्रो सबैको अधिकार हो
अलग बनाउँछौ भने
रुखबाट जराहरू
जमिनबाट रुखहरू
अलग बनाउँछौ भने
यथार्थबाट आदर्श
आदर्शबाट यथार्थ
म बन्छु के ?
ऊ बन्छ कस्तो ?
तिमी बन्छौ कस्ता ?
र ऊ बन्ला कस्तो ??
समय सोचको उचाइबाट
समझो गहिराइ टेकेर
आदर्शको एउटा अनुहार
जहाँ फरक हुन्न यथार्थ
यथार्थ
जहाँ फरक हुन्न आदर्श
बोली
जहाँ फरक हुन्न व्यवहार
व्यवहार
जहाँ फरक हुन्न बोली
बस्
मान्छेको परिभाषामा
मान्छे एउटै उभिन सक्नुको
मजा हो सर्वोच्च मानव
जस्तो छ
जरा
र रुख
पहाड
र समुद्र
जल
र तरङ्ग
माटोमन
र मिजास !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x