साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाङमयसेवी तथा साहित्यकार चूडामणि गाैतमकाे निधन

गाैतमको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ फागुन १२ । भाषासेवी तथा साहित्यकार चूडामणि गौतमको निधन भएको छ ।

गाैतमको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो ।

तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले चिनिन्थे । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो ।

गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तकहरू प्रकाशित छन् ।

यसै वर्ष गाैतमलाइ भैरव पुरस्कार गुठीद्वारा २०८१ का लागि वाङमय पुरस्कार प्रदान गरिएकाे थियाे ।

साेमबार साँझ पशुपति आर्यघाटमा गाैतमकाे अन्तिम संस्कार गरियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x