साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रावण राज्य

बच्चाहरू भोकले रोइरहेका थिए । सिपाहीहरू भात खाँदै थिए । गरीबका घरहरू ढलिरहेका थिए, महल झन् चम्किरहेका थिए । एक वृद्ध स्त्री कराइन्, "यो रावण राज्य हो ! यहाँ सत्य मरेको छ ।"

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“न्याय कहिले पाइन्छ ?” वृद्ध बाबुले राजासँग सोधे ।

त्यसबेला राजाको सिंहासन अगाडि भिड जम्मा भएको थियो । सबै अन्यायको गुनासो गरिरहेका थिए । एक युवक अगाडि आए । “मेरो पसल बलजफ्ती जलाइयो, राजा ! अपराधीलाई सजाय दिनुहोस् ।”

राजा मुस्कुराए, “शक्तिशाली जो छ, उसैले नियम बनाउँछ ।”

बच्चाहरू भोकले रोइरहेका थिए । सिपाहीहरू भात खाँदै थिए । गरीबका घरहरू ढलिरहेका थिए, महल झन् चम्किरहेका थिए ।

एक वृद्ध स्त्री कराइन्, “यो रावण राज्य हो ! यहाँ सत्य मरेको छ ।”

राजाले ठट्टा गरे, “राम आउला कि ?”

त्यत्तिकै अन्धकार चिर्दै बालकको स्वर आयो, “राम हामी आफैं बन्नुपर्छ !”

०००
२०८१ फाल्गुन ५ गते ।
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x