साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञाविमर्श

हाे महाशय ! मलाई देश कूटनीति स्वाभिमान नैतिक मूल्य कर्तव्यबाेध यी आदर्शमा चासो छैन म, मै हुँ ! माटाे पानीको बेथा बल्झिरहनुपर्छ अनि, अनि पाे बल्ल ! हुन्छ, हुन्छ

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

अचेल रहरलाई मुस्किल छ जिउन
विषादीको बिगबिगी जित्छ खेतबारी
भुस बालुवा कसमसले जित्छ खाद्य
धूर्तहरूकाे बाेलबालाले पिट्छ व्यवहार

धुवाँ धुलाेलाई पौंठेजाेरी खेलाउँछ सहर
छिनछिनमा अर्थहीन विवाद मच्चाउँछ घर
स्वार्थ लाेभलालसा ईर्ष्या र घृणा पाल्छ मन
श्रमलाई जस नदिई आलस्य पत्याउँछ तन

लुटपाट घुस कमिसनकाे तार जाेड्छ विधि
मान्छे स्वयं ढाँटछल प्रदर्शनमा व्यस्त रहन्छ
स्वाधीन देशकाे मानमर्दनमा पुरुषार्थ देख्छ
कूटनीतिकाे भागबन्डा चलाउँछ शासन

गफ,गफले ठग्छ यहाँ निमुखाे जीवन
वाङमयी सम्पदा विनाशकाे चल्छ हाेडबाजी
विज्ञविमर्शमा निर्णय लिने गलत बानी छैन
म,मै-मत्त छु कसैको प्रज्ञान आवश्यक छैन

याे माटाकाे चिन्ताले म किन पिराेलिने
कसैले नलिएको जिम्मेवारी मैले लिने ?
किन गर्ने याे उत्पादन बढाउने दुस्साहस
हाे,बाले सङ्घर्ष गरे छाेराले खान्छ व्याज

आजको भौतिक सुख छाडेर देशकाे कुरा ?
अनुहारमा दाग बस्ने डर सताउँदैन मलाई
इतिहास जित्नेकाे लेखिन्छ थाहा छ मलाई
उज्यालो खाेज्न निस्केको यात्री अवश्य हुँ

तर म साझा बत्तीमा तेल नथप्ने बहादुर हुँ
ढुक्क हुनुहाेस् महाशय म,मै हुँ इमान हैन
माटाे पानीको पिरबेथामा मलम लाउने र
संवेदना उभिन पाउने विवेकी आँगन हैन

हाे महाशय ! मलाई देश कूटनीति स्वाभिमान
नैतिक मूल्य कर्तव्यबाेध यी आदर्शमा चासो छैन
म, मै हुँ ! माटाे पानीको बेथा बल्झिरहनुपर्छ
अनि, अनि पाे बल्ल ! हुन्छ, हुन्छ
उपचारको प्रतीक्षा गराइरहन मिल्छ !

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x