साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध मुक्तकहरू

पूर्णिमा को बने बुद्धझैँ लौ भन ? को छ संसारमा सिद्धझैँ लौ भन ? खोज साथीहरू सृष्टिको आँगन लोभ फ्याँक्ने छ को वृद्धझैँ लौ भन ?

Nepal Telecom ad

कविराज घिमिरे :

१.
वृद्धका पासमा श्याम छन् राम छन्
रातमा जून छन् मध्यमा घाम छन्
चाहियो जे भनुन् पाइने छन् त्यहाँ
लाखका कट्कटे दामका खाम छन् ।।

२.
जो बसे वृद्धका पासमा हुन् बडा
जो दिने छन् मिठो गाँसमा हुन् बडा
भाग्यमानी बने पुत्रपुत्रीहरू
प्रेम जो गर्दछन् खासमा हुन् बडा ।।

३.
वृद्धका हार हुन् नाति या नातिनी
हातका सार हुन् नाति या नातिनी
टेक्न लौरो दिने हेर्न चस्मा पनि
फाइदाकार हुन् नाति या नातिनी ।।

४.
पाक्तछन् रापमा शान्त छन् वृद्ध यी
एकलैमा हुँदा क्लान्त छन् वृद्ध यी
खेप्तछन् दु:खका झ्याउला तापनि
धीर छन् वीर छन् कान्त छन् वृद्ध यी ।।

५.
पूर्णिमा को बने बुद्धझैँ लौ भन ?
को छ संसारमा सिद्धझैँ लौ भन ?
खोज साथीहरू सृष्टिको आँगन
लोभ फ्याँक्ने छ को वृद्धझैँ लौ भन ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x