साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलात्कारले आक्रान्त देश…

छ जस्तो समाचार उस्तै म लेख्छु बलात्कारले देश आक्रान्त देख्छु । जहाँ छन् लुकेका निकालेर ल्याऊ छ अन्यायमा जो निया होस् दिलाऊ ।।

Nepal Telecom ad

उत्तम विचार :

घरैमा लुकी यौन बस्छन् पिपासु
भए बाध्य छोरी सधैँ झार्न आँसु ।
तिखारेर नङ्ग्रा लियो प्राण दार्‍यो
बलात्कारले देश आक्रान्त पार्‍यो।।१।

कतै काम पर्दा निर्धक्क जान
न ता साँझ सक्छन् दिवा होस् बिहान ।
लियो ज्यान घाँटी अँठ्याएर मार्‍यो
बलात्कारले देश आक्रान्त पार्‍यो।२।

न हेर्‍यो बलात्कार गर्दा उमेर
लगायो न ता अस्मिता लुट्न बेर ।
कठै निम्छरो राज्य सम्यन्त्र हार्‍यो
बलात्कारले देश आक्रान्त पार्‍यो ।।३।

ठुलाको पर्‍यो पुत्र भन्दै भगाए
बढे यौनकर्मी तिनैने जगाए ।
सुरक्षा दिनेले भनी भोलि टार्‍यो
बलात्कारले देश आक्रान्त पार्‍यो ।।४।

छ जस्तो समाचार उस्तै म लेख्छु
बलात्कारले देश आक्रान्त देख्छु ।
जहाँ छन् लुकेका निकालेर ल्याऊ
छ अन्यायमा जो निया होस् दिलाऊ ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x