साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा

न दर्द देख्न सक्दछिन् न घाउ प्रेय होस् कुनै सुनेर हाल मृत्युको कदापि श्रेय होस् कुनै । पुकार यो गरेँ मुमा ममा मिलोस् सदा क्षमा समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।

Nepal Telecom ad

उत्तम विचार :

मुहान सृष्टिकी मुमा नदी बनेर कल्कल
समुद्र भेट्न पुग्दछिन् बगी पवित्र निर्मल ।
रमा, उमा र पार्वती शिखा, सुयोग्य सिर्जना
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।१।

पिएर कष्टका घडा दुरुस्त चुस्तछिन् मुमा
सहेर भोक प्यासमा सदा दुरुस्तछिन् मुमा ।
मुमा भुलेर जिन्दगी जिऔँ गरिन्न कल्पना
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।२।

रुँदा चसक्क दुख्दछिन् र हाँस्दछिन् खुसी हुँदा
भरिन्छ हर्षले घडा मुमा मसक्क मस्किँदा ।
सदा खुसी रहून् सबै मुमा यही छ कामना
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।३।

सकिन्न तिर्न दुग्धको तिरूँ म भार के गरी
जितोस् सदैव भन्दछिन् खपूँ म हार के गरी ।
शशी शुभा र श्यामला सुशोभिता र साधना
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।४।

न दर्द देख्न सक्दछिन् न घाउ प्रेय होस् कुनै
सुनेर हाल मृत्युको कदापि श्रेय होस् कुनै ।
पुकार यो गरेँ मुमा ममा मिलोस् सदा क्षमा
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x