साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्कल्प !

गिर्दोछ देशको सान साख गिर्दो उसैगरी घडा सुन्दर बन्ला र फोहोर जलले भरी ।। योगदान ठुलासाना दिलोज्यानले गरूँ छातीमा हात राखेर म नेपाल भनी मरूँ ।।

Nepal Telecom ad

उत्तम विचार :

सुखको भोकमा मान्छे पसे सहरिया बनी
सुनसान भए बस्ती गाउँ नैं रित्तिए अनि ।।१।

देखिए सपना थुप्रै गाउँले भन्दछन् तर
विकास गाउँमा पुग्दा शून्यछन् गाउँका घर ।।२।

उल्टो विकासको नीति लागू हुँदै छ देशमा
घनत्व जनसंख्याको बढ्न थाल्यो मधेसमा ।।३।

कतै तुइनको त्रास कतै पुल जताततै
बनाई पुल खोजिन्छ नदीनाला यहाँ कतै ।।४।

कतै बजेट थुप्रिन्छ कतै छन् जन आसमा
जोडिएला भनी धारो पानीको व्यग्र प्यासमा ५।

शक्तिको भक्तिमा लागी प्रभुकै गान गाउने
बन्दै छ आजको मान्छे आशक्तिमै हराउने ।।६।

पसेको गाउँ छोडेर हिजो सहरिया हुन
अनेक दाउ खोज्दै छ यथाशीघ्र बिदेसिन ।।७।

सबैले राष्ट्र सम्झेर थालौँ कर्म यथोचित
आजको परिपाटीले रित्तिन्छ देश निश्चित ।।८।

गिर्दोछ देशको सान साख गिर्दो उसैगरी
घडा सुन्दर बन्ला र फोहोर जलले भरी ।।९।

योगदान ठुलासाना दिलोज्यानले गरूँ
छातीमा हात राखेर म नेपाल भनी मरूँ ।।१०।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x