साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुर्दा शान्ति

सबै बाँच्न पाऊन् अपेक्षा हरायो छ कालो निशातुल्य सर्वत्र छायो म आशाहरूमा निराशा भरेर छु मुर्दा भएको तिमी आज हेर ।।

Nepal Telecom ad

उत्तम विचार :

कतै छैन क्या शान्ति भन्छन् सबैले
गरेँ हार स्वीकार लौ आज मैंले ।
छु आक्रान्त आफैँ अहिंसा घटेर
म मुर्दा भएको तिमी आज हेर ।।१।

उडेनन् परेवा उडे टन्न बाज
डर्‍यो राष्ट्र मेरो छ डर्दै समाज ।
उज्यालो कतै छैन ढाक्यो अँधेर
म मुर्दा भएँ आज छामेर हेर ।।२।

बढेकोछ मान्छेहरूमा वितृष्णा
कहाँ शान्ति पाऊन् जपी रामकृष्ण ।
महान् बुद्धवाणी गरून् के पढेर
भयो शान्ति मुर्दा तिमी आज हेर ।।३।

कुनै छैन चिन्ता मरेकोछ शान्ति
चरीझैँ थुनामा परेकोछ शान्ति ।
भनेनन् कसैले बचाऊँ भनेर
म मुर्दा त्यसैले भएँ आज हेर ।।४।

सधैँ फुल्छ फक्रिन्छ भन्थेँ म शान्ति
भयो आज संसारमा यो अशान्ति ।
गरूँ के यहाँ व्यर्थ भन्ने बुझेर
हुँ मुर्दा भएको तिमी आज हेर ।।५।

छ मेरै उपेक्षा गरी बाँच्छ मान्छे
मर्‍यो शान्ति भन्दा सुनी हाँस्छ मान्छे ।
निमोठेर घाँटी भन्यौ सास फेर
त्यसैले म मुर्दा भएँ आज हेर ।।६।

सबै बाँच्न पाऊन् अपेक्षा हरायो
छ कालो निशातुल्य सर्वत्र छायो
म आशाहरूमा निराशा भरेर
छु मुर्दा भएको तिमी आज हेर ।।७।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x