साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक माघले जाडो जाँदैन

वयोवृद्ध आमाबुबा कष्टमा छन् हिजोआज वा भोलि बढ्दो भयो झन् । छ बेँसी चिसो झन् कठ्याङ्ग्रिन्छ लेक कहाँ जान्छ जाडो हटी माघ एक ।।

Nepal Telecom ad

उत्तम विचार :

बढेकोछ ठन्डी धरामा असाध्य
खपी बाँच्न हामी भयौँ आज बाध्य ।
रुघा लाग्छ खोकी व्यथा छन् अनेक
कहाँ जान्छ जाडो हटी माघ एक ।।१।

गयो साल पोहोर पोखी दुखेसो
पस्यो शीत हावा मिलाएर मेसो ।
कसैले भनेनन् थुनौँ मार्ग छेक
कहाँ जान्छ जाडो हटी माघ एक ।।२।

लुगा पातला छन् भयो देह खाली
थिए जो पुराना भयौँ ढुक्क फाली ।
लुकी घाम भाग्छन् विनाताप सेक
कहाँ जान्छ जाडो हटी माघ एक ।।३।

भनी भोलिलाई नगर्ने म जोहो
खपी कष्ट बाँच्ने कि एक्लो म पो हो ।
भनी हेर्छु आँखा डुलाई छिमेक
कहाँ जान्छ जाडो हटी माघ एक ।।४।

वयोवृद्ध आमाबुबा कष्टमा छन्
हिजोआज वा भोलि बढ्दो भयो झन् ।
छ बेँसी चिसो झन् कठ्याङ्ग्रिन्छ लेक
कहाँ जान्छ जाडो हटी माघ एक ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x