फित्काैली डटकमसगरमाथा साहित्य प्रतिष्ठानकाे नव कार्य समिति गठन र रचनावाचन
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको नवगठित कार्य समितिमा संरक्षक-जी.पी तिवारी, इन्चार्ज-अमन एकल, अध्यक्ष- भैरवी भूगोल, उपाध्यक्ष-टुकादेवी पौडेल आचार्य, महासचिव-सुशीला शर्मा धमला, सचिव-नारायण काइलो, कोषाध्यक्ष- रूपा थापा रहेका छन् ।

काठमाडाैं, २०८२ मङ्सिर ५ । सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखा नव कार्य समितिको रचनावाचन तथा विचार विमर्श कार्यक्रम भव्यताका साथ सम्पन्न गर्यो !
नवपुस्तकालय तथा जेष्ठनागरिक मिलन केन्द्र सुकेधारामा सगरमाथा साहित्य संस्थानकी नव निर्वाचित अध्यक्ष भैरवी भूगोलको सभापतित्व, साहित्यकार विष्णुप्रसाद पन्तको प्रमुख आमन्त्रित अतिथ्य, सगरमाथा प्रतिष्ठानका पूर्व अध्यक्ष अजित उत्सव, बहुआायमिक व्यक्तित्व पुरुषोत्तम दाहाल, समालोचक युवराज मैनाली, अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल, कलानिधि दाहाल, रोहित कुँवर, राजेश गड्तौला, सुमित्रा सुमी, अमन एकलको विशिष्ट आतिथ्यमा गजलकार/कवि सुशीला धमलाको सटिक उद्घोषण रहेकाे थियाे ।
अतिथिलाई खादाले स्वागत संस्थाकी कोषाध्यक्ष रूपा थापाले गरिन्। स्वागत मन्तव्य संस्थाकै इन्चार्ज अमन एकलबाट भयो । संस्थाका बारेमा सम्पूर्ण जानकारी केन्द्री प्रवक्ता राजेश गड्तौलाले गरे । प्रमुख अतिथिबाट पानसमा दीपोज्वलन गरी संस्थाको उद्घाटनलगत्तै शुभकामना र रचनावाचन सुरु भए।
सल्लाहकारमध्ये दुई सल्लाहकार वक्तामध्ये अध्यात्म चिन्तक हरिभक्त सिग्देलले अध्यात्म र साहित्यका बारेमा विशद् चर्चा गरे। बदलिँदो वर्तमान परिवेशमा साहित्यिक संस्थाले अवलम्वन गर्नु पर्ने भूमिकाका बारेमा लामो गालीका भाषामा चर्चापरिचर्चा कलेबाट नै भयो। यसपछि युवराज मैनाली र पुरुषोत्तम दाहालले लामै शुभकामना दिए।
दोस्रो सत्र अनुसार रचनावाचक र शुभकामना दिनेमा-सङ्गी काली, सावित्री अधिकारी, जुनु खड्का (मन्तव्यसहित), सन्तोष सरिल, दाहाल कल्पना, रूपा थापा, राजेशराज गड्तौला, थरेन्द्र वराल, पार्वती अधिकारी पारु, रामचन्द्र घिमिरे, नवराज न्यौपाने, आँचल शर्मा, सुमित्रा सुमी, शिवराम भट्ट, पार्वती लामिछाने, सुशीला शर्मा धमला रहे।
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको नवगठित कार्य समितिमा संरक्षक-जी.पी तिवारी, इन्चार्ज-अमन एकल, अध्यक्ष- भैरवी भूगोल, उपाध्यक्ष-टुकादेवी पौडेल आचार्य, महासचिव-सुशीला शर्मा धमला, सचिव-नारायण काइलो, कोषाध्यक्ष- रूपा थापा रहेका छन् । सदस्यहरूमा, सन्तोष सरिल, जुनु खड्का कल्पना काफ्ले, दामोदर ढकाल, इन्दु नेपाल, सीमा कार्की चयन भएका छन् ।
०००
कलानिधि दाहालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































