साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. गाेपाल मण्डनेको पुस्तक लोकार्पण

मुख्य वक्ताका रूपमा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा.उद्धव प्याकुरेलले  पुस्तकको योगदान र नेपाली लेखक डा. पौड्यालले आफू कवि भए पनि यो पुस्तक किन लेखिएको हो भन्ने व्याख्या गर्दै अध्यायहरूको सार प्रस्तुत गरेका थिए ।

Nepal Telecom ad

काठमाडौं । डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित हाउ ट् विकम द बेस्ट एम्बेस्डर’ पुस्तकको लोकार्पण गरिएको छ ।

प्रज्ञा भवनको लेखनाथ कक्षमा कश्यप पौडेलकाे सभापतित्व, वरिस्ठ  साहित्यकार डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यता र उमाकान्त पौडेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पुस्तकको लोकार्पण गरिएकाे हाे  ।

पूर्वजर्नेल तथा शोधकर्ता डा. प्रेमसिंह बस्त्यातले लेखक लेखक गाेपाल मण्डनेकाे बहुमुखी व्यक्तित्व र साहित्यिक क्षमताबारे प्रकाश पार्दै परिचय प्रस्तुत गरेका थिए । बेलायतस्थित नेपाली साहित्य विकास परिषद् युकेका संस्थापक तथा वरिष्ठ साहित्यकार सुरेशजङ शाहले पुस्तकले नेपाली राजदूतहरूलाई अझ परिष्कृत हुन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

मुख्य वक्ताका रूपमा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा.उद्धव प्याकुरेलले  पुस्तकको सन्क्षिप्त परिचय तथा यसले नेपाली डिप्लोमेसीमा ठुलो  योगदान पुर्याउनेछ भन्नु हुँदै लेखकलाई बधाई तथा धन्यबाद् दिँदै  नेपाली लेखक डा. पौड्यालले आफू कवि भए पनि यो पुस्तक किन लेखिएको हो भन्ने व्याख्या गर्दै अध्यायहरूको सार प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका महासचिव रामप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए।

सभापति कश्यप पौडेलले लेखकको बाल्यकालदेखि रहेको लेखन अभिरुचिले आफू र भाइहरूलाई पनि साहित्यमा प्रेरित गरेको उल्लेख गर्दै कार्यक्रम समापन गरेका थिए ।

वक्ताहरूले कूटनीतिमा यसको प्रभावबारे चर्चा गर्दै लेखकलाई बधाई दिएका थिए भने कृतिकार गाेपाल मण्डनेले कृति लेखनकाे उपादेयता बताउँदै कार्यक्रममा सहभागी हुने सबैप्रति कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेका थिए ।

पुस्तक अक्षरमार्ग प्रकाशन, पनौतीले प्रकाशन गरेको हो। प्रकाशकका प्रतिनिधि सूर्यप्रसाद लाकोजुले प्रस्तक प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताए ।

कार्यक्रममा पत्रकार, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेकाे र अनिल पाैडेलद्वारा कार्क्रमकाे सहजीकरण गरिएकाे थियाे ।

०००
अनिल पाैडेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x