साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार अवतार

त्यत्रा त्यत्रा जनआन्दाेलन भए त्यत्रा त्यत्रा क्रान्ति भए आजसम्म एउटा पनि नेता मरेन त्याे नेता कतै विष्णु भगवानकाे अवतार त परेन ?

Nepal Telecom ad

माणिकरत्न शाक्य :

१. नेतागिरी
काेही बिगार्छन्
काेही बनाउँछन्
पुन: भत्काउँछन्
पुन: बनाउँछन्
बनाउँदा बनाउँदै
बिगार्दा बिगार्दै
विदेशी ऋण सबै डकार्छन्
बिकास भएन भन्दै फेरि
भाषणमा तिनैले हकार्छन् ।

२. क्या जमाना आएछ
चाउरी परेकी बुढीलाई बुढी भन्नुहुन्न
चाउरी परेकाे बुढालाई बुढा भन्नुहुन्न
बिग्रेकाे डेक्ची जस्तै
अनुहार बनाएर यी दुबै रिसाउँछन्
अब तपाईं नै भन्नाेस् महाशय !
तिनकै साख्खे तरूनी छाेरीलाई
कुन साइनोले
आज्ञा हाेस् !

३.सहमतिकाे अर्को रूप
स=सल्ला
ह= हल्ला
म= मेलमिलाप
ती= तितरबितर

४. अवतार
त्यत्रा त्यत्रा जनआन्दाेलन भए
त्यत्रा त्यत्रा क्रान्ति भए
आजसम्म एउटा पनि नेता मरेन
त्याे नेता कतै
विष्णु भगवानकाे
अवतार त परेन ?

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x