साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाटो

तर उसले सरदलाई उछिन्यो र भित्तामा झुण्डिएको एउटा काल्पनिक भगवानरूपि अनुहारमा थुप जलायो र पूजा आर्चना गर्यो अनि अप्रेसन रूममा प्रवेस गर्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

– सरद सर ! आज धेरै प्रश्न देख्न पाएँ हजुरलाई। ” आत्मारामले मुस्कुराउँदै भन्यो।

– म सधैँ खुसिनै रहन्छु । ” सरदले भने।
होइन आज पहिलेको भन्दा पनि झनै प्रश्न मुन्द्रामा भएको महसूस् गरें सर मैले हजुरलाई।” आत्मारामले भने
– हुनसक्छ ! तिमीले भने झैँ आज बढी खुसी छु।साराजीवन म अन्धविश्वास र कुरितीको बिरूद्धमा एक्लै लडें। तर.. “उनी बोल्दा बोल्दै रोकिए।

आत्मारामलाई पनि उनको बारेमा धेरै जानकारी थियो।सरदले सधैँ अन्धविश्वासको बिरोधमा सतिसाल झैं अडान राख्छन्। उनले कहिल्यै कुरिती र अन्धविश्वाससँग सम्झौता गरेनन्। मानिसले उनलाई बौलाह समेत भने गाउँ छिमेकीहरूले उनीसँग सम्बन्ध बिच्छेदसम्म गरे।आफन्तीहरूले आउन जान छाडे। भाइ गोत्यारले मानो मिसाएनन् । तरपनि उनि कहिल्यै पछि हटेनन्। उनको पूरा जीवन शङ्घर्षकै मैदानमा रह्यो।
तर आज उनलाई अर्कै सरद महसुस् भएको थियो।

-तर के भयो ? अब पहिलेको जस्तो एक्लो छैन म गाउँमा पढेलेखेका युवाहरू आएका छन्। कोही इञ्जिनियर छन् कोही डाक्टर छन्।
आज मेरै दाइको छोराले पिएचडी गरेर आएको छ। उसले पहिलो पटक जटिल अप्रेसन गर्दै छ प्रतिष्ठानमा । म उतै जाँदै छु।

सरदले खुसी हुँदै भने। उनलाई आफ्नो भतिजोप्रति अगाध विश्वास थियो। विश्वास पनि किन नहाेस् सरदले त उसको सबै खर्च उठाएका थिए। सधैँभरी म आएपछि हजुर र म मिलेर लडौँला भनिरहन्थ्यो।

आत्माराम पनि सँगै नजिकैको प्रतिष्ठानमा डा.भरतलाई हेर्न पुगे।
डा. भरतको हातबाट पहिलो पटक सर्जरी हुँदैथियो त्यसैले सरद धेरै खुसी थिए।

ट्रमा सेन्टरमा सबै उभिएका थिए। ऊ सरद उभिएकाेतिर मुस्कुराउँदै आयो। सरदको खुसीको सिमा थिएन । उनी सोच्दै थिए भरत मेरो आसिर्वाद लिन आउँदै छ। तर उसले सरदलाई उछिन्यो र भित्तामा झुण्डिएको एउटा काल्पनिक भगवानरूपि अनुहारमा थुप जलायो र पूजा आर्चना गर्यो अनि अप्रेसन रूममा प्रवेस गर्यो।

– म अँझै पनि एक्लै छु।” सरदले मनमनै भने। उनको अनुहारमा कालो बादल छायो।

०००
घोराही १८, दाङ
२७-०७-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x