सुरेशकुमार पाण्डेखाटो
तर उसले सरदलाई उछिन्यो र भित्तामा झुण्डिएको एउटा काल्पनिक भगवानरूपि अनुहारमा थुप जलायो र पूजा आर्चना गर्यो अनि अप्रेसन रूममा प्रवेस गर्यो।

सुरेशकुमार पाण्डे :
– सरद सर ! आज धेरै प्रश्न देख्न पाएँ हजुरलाई। ” आत्मारामले मुस्कुराउँदै भन्यो।
– म सधैँ खुसिनै रहन्छु । ” सरदले भने।
होइन आज पहिलेको भन्दा पनि झनै प्रश्न मुन्द्रामा भएको महसूस् गरें सर मैले हजुरलाई।” आत्मारामले भने
– हुनसक्छ ! तिमीले भने झैँ आज बढी खुसी छु।साराजीवन म अन्धविश्वास र कुरितीको बिरूद्धमा एक्लै लडें। तर.. “उनी बोल्दा बोल्दै रोकिए।
आत्मारामलाई पनि उनको बारेमा धेरै जानकारी थियो।सरदले सधैँ अन्धविश्वासको बिरोधमा सतिसाल झैं अडान राख्छन्। उनले कहिल्यै कुरिती र अन्धविश्वाससँग सम्झौता गरेनन्। मानिसले उनलाई बौलाह समेत भने गाउँ छिमेकीहरूले उनीसँग सम्बन्ध बिच्छेदसम्म गरे।आफन्तीहरूले आउन जान छाडे। भाइ गोत्यारले मानो मिसाएनन् । तरपनि उनि कहिल्यै पछि हटेनन्। उनको पूरा जीवन शङ्घर्षकै मैदानमा रह्यो।
तर आज उनलाई अर्कै सरद महसुस् भएको थियो।
-तर के भयो ? अब पहिलेको जस्तो एक्लो छैन म गाउँमा पढेलेखेका युवाहरू आएका छन्। कोही इञ्जिनियर छन् कोही डाक्टर छन्।
आज मेरै दाइको छोराले पिएचडी गरेर आएको छ। उसले पहिलो पटक जटिल अप्रेसन गर्दै छ प्रतिष्ठानमा । म उतै जाँदै छु।
सरदले खुसी हुँदै भने। उनलाई आफ्नो भतिजोप्रति अगाध विश्वास थियो। विश्वास पनि किन नहाेस् सरदले त उसको सबै खर्च उठाएका थिए। सधैँभरी म आएपछि हजुर र म मिलेर लडौँला भनिरहन्थ्यो।
आत्माराम पनि सँगै नजिकैको प्रतिष्ठानमा डा.भरतलाई हेर्न पुगे।
डा. भरतको हातबाट पहिलो पटक सर्जरी हुँदैथियो त्यसैले सरद धेरै खुसी थिए।
ट्रमा सेन्टरमा सबै उभिएका थिए। ऊ सरद उभिएकाेतिर मुस्कुराउँदै आयो। सरदको खुसीको सिमा थिएन । उनी सोच्दै थिए भरत मेरो आसिर्वाद लिन आउँदै छ। तर उसले सरदलाई उछिन्यो र भित्तामा झुण्डिएको एउटा काल्पनिक भगवानरूपि अनुहारमा थुप जलायो र पूजा आर्चना गर्यो अनि अप्रेसन रूममा प्रवेस गर्यो।
– म अँझै पनि एक्लै छु।” सरदले मनमनै भने। उनको अनुहारमा कालो बादल छायो।
०००
घोराही १८, दाङ
२७-०७-२०२५
Subscribe
Login
0 Comments
Oldest







































