साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमाश्रु

सायद विवेक पुर्‍याउन नसक्ने ज्वाँइका कारणले नै होला -" ज्वाइँ न स्वाइँ अगुल्टाले च्वाँइ" भन्ने उखान उमारेका। हिँड आमालाई लिनजाउँ भने।

Nepal Telecom ad

आर.सी. रिजाल :

“छोराबुहारीले खेदे” भन्दै आश्रमको ढोकामा रुँदै गरेकी बुढी आमाको तस्वीर फेसबुकमा देखेपछि रमनले श्रीमतीलाई– तिमीलाई आमाको अवस्था थाहा छैन ? जन्मदिने आमालाई छोरीले वास्ता गर्नु पर्दैन ? भने।

श्रीमतीले — मैले थाहा पाएर के गर्नु ?आमा हराइन, तिम्रोमा आइन् की भनेर दाजुले साँखिलो पारेको ५ दिन भयो। त्यसदिनदेखि मेरा आँखा रसाएको रसाऎ छ्न् । के गर्नु आफू छोरा भएर जन्मन पाइनँ । आमाको जिउनी दाजुले लटरपटर पारीहाल्यो। टाटपल्टेकी आमालाई तपाईंको घरमा कसरी ल्याउनु ?

रमनले — मायालाई सम्पत्तिमा तौलन हुन्न । अनि घर पनि तिम्रो र मेरो छुट्टै हुन्छ लाटी ? फरक कोखबाट जन्मे पनि आमाको लागि ज्वाइँ र छोरा एकै हुन्। हामीले आफ्नो आमालाई स्याहारसुसार गरिरहेका छौं भने सासूआमालाई स्याहार्न किन नहुने ?

भोलि समाजले छोरा त जोइटिङ्ग्रे भयोभयो। ज्वाइँछोरी पनि कस्ता रै’छन भन्दै कुरा काट्दैनन् ? दुई सम्धिनी आफ्ना बिगतका गफ गर्दै रमाइलोसँग दिन काट्छ्न् । सायद विवेक पुर्‍याउन नसक्ने ज्वाँइका कारणले नै होला -” ज्वाइँ न स्वाइँ अगुल्टाले च्वाँइ” भन्ने उखान उमारेका। हिँड आमालाई लिनजाउँ भने।

श्रीमानको आग्रह सुनेर उनको प्रेमाश्रु बहे।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x