फित्काैली डटकमशब्दयात्रा प्रकाशनद्वारा विभिन्न स्रष्टाहरू पुरस्कृत
समारोहमा कथाकार कुमार काफ्ले र साहित्यकार कमला महतलाई ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार २०८२’ बाट संयुक्तरूपमा सम्मान गरिएको छ।

बनेपा, २०८२ साउन १७ । शब्दयात्रा प्रकाशन तथा अक्षरधामको संयुक्त आयोजनामा नीलकण्ठेश्वर धाम, बनेपामा आयोजित समारोहमा कथाकार कुमार काफ्ले र साहित्यकार कमला महतलाई ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार २०८२’ बाट संयुक्तरूपमा सम्मान गरिएको छ।
साहित्य, प्रशासन, समाजसेवा र स्थानीय योगदानको मूल्याङ्कन गर्दै सो अवसरमा विभिन्न विधामा विशिष्ट योगदान दिने अन्य प्रतिभाहरूलाई पनि सम्मानित गरिएको थियो।
कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यसचिव लिलादेवी गड्तौलालाई ‘प्रशासनिक महिला प्रतिभा पुरस्कार’, डा. शैन्दुप्रकाश नेपाललाई ‘भोजपुर प्रतिभा पुरस्कार’, लोकमान मास्केलाई ‘संखुवासभा प्रतिभा पुरस्कार’, सत्यनारायण मानन्धरलाई ‘भक्तपुर प्रतिभा पुरस्कार’, रेणुका भट्टराई ‘मञ्जरी’ लाई ‘कर्मशीलता पुरस्कार’, र कृष्णहरि मैनालीलाई ‘काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तक ‘पवित्र समाजवाद’ को पनि सार्वजनिक विमोचन गरिएकाे थियाे ।
कार्यक्रममा साहित्य, संस्कृति र सामाजिक योगदानको महत्वलाई उजागर गर्दै वक्ताहरूले यस्ता सम्मान तथा कृति विमोचन कार्यक्रमले स्रष्टालाई अझ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest






































