साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरना साहित्यिक परिवारको ३१७ औँ श्रृङ्खला सम्पन्न

हेटौँडाको सभाहलमा शनिबार आयोजित सो कार्यक्रममा प्रमुख अतिथि काव्यकार मुना अर्यालले उक्त मुक्तक कृतिको विमोचन गर्नुभएको हो।

Nepal Telecom ad

मकवानपुर, २०८२ साउन १७ । झरना साहित्यिक परिवार मकवानपुर (झसाप)को ३१७ औँ साहित्यिक श्रृङ्खलाको अवसरमा हेटौँडाकी स्रष्टा एस. आर. मञ्जरी ओलीद्वारा लिखित मञ्जरी मुक्तक संग्रह सार्वजनिक गरिएको छ।

ब्रह्मदिक एकेडेमी, हेटौँडाको सभाहलमा शनिबार आयोजित सो कार्यक्रममा प्रमुख अतिथि काव्यकार मुना अर्यालले उक्त मुक्तक कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारी तथा जनार्दन खनाल, प्रगतिशील लेखक संघ बागमती प्रदेशका अध्यक्ष शान्ति प्रियवन्दना, राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउत, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जित श्रेष्ठ, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, व्यङ्ग्यकार राजकुमार लामिछाने, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालसहित दर्जनौँ स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विमोचित कृतिको समीक्षात्मक टिप्पणी झसाप मकवानपुरका सल्लाहकार दीपक गौतमले प्रस्तुत गर्नुभएको थियो भने कृतिकार एस. आर. मञ्जरीको परिचय मुक्तककार मिथिला अधिकारीले दिनुभएको थियो। झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा कवि मसान उपासकले गर्नुभएको थियो।

कार्यक्रममा श्रष्टाहरू देवराज तिवारी, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, कृष्ण घतानी, अमृता लामिछाने, नीलहरी ढुङ्गेल, भोलाप्रसाद शिवाकोटी, सुवास सजललगायतको पनि सक्रिय सहभागिता रहेको थियो।

साहित्यिक वातावरणमा सम्पन्न कार्यक्रमले हेटौँडाको साहित्यिक गतिविधिमा थप ऊर्जा भरेको सहभागी स्रष्टाहरूले प्रतिक्रिया दिएका थिए।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
8 months ago

हार्दिक धन्यवाद फित्कौली डट.कमलाई !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x