फित्काैली डटकमसाउन विशेष सुसेली वाचन कार्यक्रम सम्पन्न
वरिष्ठ कवि कलानिधि दाहाल एवम् यस संस्थाका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार द्वय चन्द्रा न्यौपाने र गङ्गा लिगल विशिष्ट अतिथि रहनुभएको थियाे ।

काठमाडाैं, २०८२ साउन १७ । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालले शनिबार साउन विशेष सुसेली वाचन कार्यक्रम सम्पन्न गरेकाे छ ।
वरिष्ठ कवि कलानिधि दाहाल एवम् यस संस्थाका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार द्वय चन्द्रा न्यौपाने र गङ्गा लिगल विशिष्ट अतिथि रहनुभएको उनान्सत्तरीयौँ कार्यक्रममा साउन सम्बन्धी सुसेली वाचन/गायन सम्पन्न गरेको छ ।
फाउन्डेसनका संस्थापक केन्द्रीय अध्यक्ष एवम् सुसेली उपविधाका प्रवर्तक दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ को सभापतित्व रहेको यस कार्यक्रम संस्थाका संस्थापक केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्य र उद्घोषणमा सञ्चालन भएको थियो ।
१५ जना कवि साहित्यकारहरूको उपस्थितिमा सञ्चालित साउन र शिव विशेषको सुसेली वाचन/गायनको कार्यक्रममा विशिष्ट अतिथि दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले विभिन्न लयमा मीठा सुसेली सिर्जना गरी सुनाउनु भएकोमा खुसी व्यक्त गर्दै सुसेलीमा कविहरूले बिम्ब र प्रतीक प्रयोग गरेमा अझै सुन्दर बन्ने भएकाले त्यसतर्फ सबैको ध्यानाकर्षण गराउँदै आफूले रचना गर्नु भएका साउन सम्बन्धित सुसेली गाएर सुनाउनु भयो ।
यसैगरी अर्की विशिष्ट अतिथि न्यौपानेले आज वाचन भएका सुसेलीहरूको प्रशंसा गर्दै आउँदै गरेको तीजमा सबैजना उपस्थित भएर सुसेली फाउन्डेसनको तीज मनाइने कुरा सम्झाउँदै आफूले लेख्नुभएको देशको बेथिति, साउन र शिव सम्बन्धी सुसेली गाएर सुनाउनुभयो । अर्की विशिष्ट अतिथि लिगलले सुसेली फाउन्डेसन परिवारलाई शुभकामना दिँदै आफूले रचना गरेका साउन सम्बन्धी सुसेलीहरू वाचन गर्नुभयो ।
साउन एवम् शिव विशेष सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा चन्द्रावती अधिकारी, पवनकुमार बुढाथोकी, विमल अर्याल, घनश्याम पौडेल, पूर्ण देवी न्यौपाने, वासुदेव ठकुरी, पुनम घिमिरे, तोयानाथ सुवेदी, धरणीधर गुरागाईंलगायतले सम्बन्धित विषयमा सुसेलीहरू गाएर सुनाउनुभयो । प्राविधिक कारणले केही स्रष्टाहरू कार्यक्रममा छिर्न सक्नु भएन ।
कार्यक्रममा सुसेली फाउन्डेसनको हरितालिका तीज विशेष कार्यक्रम तथा साधारणसभा भदौ ४ गते मिलनचोक पार्टी भेन्युको सभाकक्षमा हुने अध्यक्षको प्रस्ताव सर्वसम्मतिले पास भयो ।
अन्त्यमा संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति भमरकोटेले कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै सुसेलीको तीज विशेष भौतिक कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्नुका साथै उत्तरवाहिनी स्कूलबाट सुसेली प्रशिक्षणका लागि निमन्त्रणा आएको हुँदा सहभागी हुन चाहानेले नाम टिपाउन अनुरोध गर्नुका साथै आज वाचित सुसेलीहरूको समीक्षात्मक टिप्पणीका साथ सभापतित्वको मन्तव्यसहित आफ्ना सम्बन्धित विषयका सुसेली गायन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
०००
दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’काे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































