साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा चेलीहरू

व्रत पनि बसेका छन्, ह्रदय खोलेर हाँसेका छन्, मन डढाएर रोएका छन् कोही उँभो लागेका छन्, कोही उँधो झरेका छन्, वार्टस्एप र फेसबुकमा  स्टाटस पनि लेखेका छन्, बत्तीस लक्षणले युक्त हाम्रा चेलीहरूले सबैथोक भ्याएका छन् ।

Nepal Telecom ad
बी .बी . ठकुरी :
अरु हेरी हाम्रा चेलीहरू
निकै फर्वाड छन्,
पढ़े लेखेका छन्,
कामधन्दा सबै जानेका छन्,
बिहे बटुलमा पुगेका छन्,
मरौपरौमा पनि सघाएका छन्,
सिँगारपटार गरी सजिएका छन्,
घर सजाएर राखेका छन्,
छुर्पी र सुपारी कट्याककुटुक्क पारेकै छन्,
गरीब भए पनि
महंगो दामको
स्मार्ट फोन राखेका छन्
च्याटिङ र डेटिङ पनि गरिरहन्छन्,
ऐँचो र पैँचो गरेर गर्ज सबै टारेका छन्,
मिठो मुस्कान र मिठो बोली वचनले सबैलाई
लत्याकलुतुक्क पारेका छन्,
हाम्रा चेलीहरूले
सबैथोक जानेका छन् ।
हाम्रा चेलीहरूले
गाउँ समाज पनि चलाएका छन्
कुटनीति र राजनीति पनि जानेका छन्,
मौका परे
चाँड पर्वमा तानतुन पनि पारेका छन्,
ब्रान्डेड र अर्ग्यानिक नपाए पनि
मनको लड्डु खाएका छन्,
दिनमै आकाशको तारा झारेका छन्,
उमेर पाको भए पनि
तरुणी भएर हिँड़िरहेका छन् ।
हाम्रा चेलीहरूले
मुमा-बुबालाई हेरेका छन्
व्रत पनि बसेका छन्,
ह्रदय खोलेर हाँसेका छन्,
मन डढाएर रोएका छन्
कोही उँभो लागेका छन्,
कोही उँधो झरेका छन्,
वार्टस्एप र फेसबुकमा
स्टाटस पनि लेखेका छन्,
बत्तीस लक्षणले युक्त
हाम्रा चेलीहरूले
सबैथोक भ्याएका छन् ।
०००
सिलगढी, दार्जीलिङ 
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x