साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाजेले कान सुन्नुहुन्न

सानो सानो कुरामा पनि केटाकेटीले जस्तो  हाम्रो बाजेले  मन दुखाउन जानेका छन्, यो नखाउ र त्यो नखाउभन्दा हाम्रो बाजेले लुकीलुकी खाइबस्छन्  नजाने ठाउँमा हाम्रो बाज्ये लुकीलुकी गइबस्छन्, नभन्ने कुरा हाम्रो बाजेले सबैलाई सुनाइबस्छन्, ।

Nepal Telecom ad
बी बी ठकुरी :
फोनको घन्टी बजिरहँदा पनि
बाज]ले फोन उठाउँनुहुन्न,
म्यासेज लेखेर पठाउँदा पनि
बाजेले म्यासेज हेर्नुहुन्न,
किचनमा भाँड़ाहरू जुझिरहँदा पनि
बाजेले थाहा पाउँनुहुन्न
बिचरा हाम्रो बाजेले कान सुन्नुहुन्न ।
तर बाजेले नराम्रो कुरा छिटो सुन्नुहुन्छ,
राम्रो कुरा सुन्दै सुन्नुहुन्न,
डाँड़ाको घाम भइसक्दा पनि
हाम्रो बाजेले मेरो र तेरो भन्न छोड्नुहुन्न,
घुँड़ा दुखेको बहाना गर्दै
हाम्रो बाजे
संघ सस्थातिर जान मान्नुहुन्न
हाम्रो बाजेले
अचेल कान सुन्नुहुन्न।
कान नसुने पनि
बालक कालमा गरेको चकचकी
बाजेले आजसम्म बिर्सनु भएको  छैन,
पानी परेको बहाना बनाएर
स्कूल नगै बसेको भुल्नु भएको छैन,
बारीको कान्ला कान्लामा
ऐंसेलु दाना टिपेर लुकामारी खेलेको
हाम्रो बाजेले बिर्सनु भएको छैन ।
बाजेले कान नसुने पनि
बाजेको आँखा
तेज र चम्किला छन्
तरुणी देख्दा
आकाशको बादल गडगड़ाए जस्तो
हाम्रो बाजेको मन
घरी घरी डगमगाइरहन्छ,
घरमा बज्यै हुँदाहुँदै
पल्लो गाउँकी साईंलीसँग
हाम्रो बाजेले
आफ्नो आँखा जुझाइबस्नु हुन्छ ।
कान नसुने पनि
हाम्रो बाजेले
बेलुकी छिटो सुतेर
बिहान छिटो उठ्न जानेका छन् ।
सानो सानो कुरामा पनि
केटाकेटीले जस्तो
हाम्रो बाजेले
मन दुखाउन जानेका छन्,
यो नखाउ र त्यो नखाउभन्दा
हाम्रो बाजेले लुकीलुकी खाइबस्छन्
नजाने ठाउँमा
हाम्रो बाज्ये लुकीलुकी गइबस्छन्,
नभन्ने कुरा
हाम्रो बाजेले सबैलाई सुनाइबस्छन्,
उसलाई जति नै फकाए पनि
उसलाई जति नै सम्झाए पनि
हाम्रो बाजेले पटक्कै मान्नुहुन्न,
किनभने
हाम्रो बाजेले कान सुन्नुहुन्न ।
०००
सिलगढी, दार्जीलिङ 
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रा चेलीहरू

हाम्रा चेलीहरू

बी बी ठकुरी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x