साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरले खोजेको मान्छे

“हैट, हो त, यो दुनियाँमा मैले राम्रोसित चिनेको एक ग्लोबलाइज्ड” कुमेधाश्री “ऊ बाहेक अरू हुने कुरै आएन । चित्त बुझ्यो मेरो । धन्यवाद सन्तोष, आज तिमीले मेरो खोज पूर्ण बनाउन मद्दत गर्‍यौ ।”

Nepal Telecom ad

धनराज गिरी :

न दुर्योधन, न धर्मराज, न द्वापरयुग न श्रीकृष्ण, यो युगमा प्रोफेसर सुमेधाश्री रत्नश्री विवेकीको मनमा एउटा विचार आयो “खोज”, निस्कियो घरबाट “पाइएला त्यस्तो मान्छे, मेरो मनले खोजेको मान्छे, पाइएला ?” निस्कियो घरबाट, भाग्यश्रीलाई सम्झाएर । “यो शोध पूणर् होला ?” मनले सोच्यो ।

दिनभरि घुम्यो, अनेक स्थानमा गयो, ३६ कलेज, अरु कार्यालयहरू, अनेक मन्दिर, कतै पनि सफल भएन ।” होइन, यो दुनियाँमा पाइन्न त मैले खोजेको अस्तित्व ?” आफैंसित प्रश्न गर्‍यो । फर्किएर आइपुग्यो सौराहा । थाक्यो । शैलूनमा गयो । ठाकुर सन्तोष, उसको फ्यान, उसलाई कानमा आफ्नो सम्पूणर् योजना सुनायो । आफ्नो असफलताको कथा भन्यो । मुस्कुरायो सन्तोष, बोल्यो, “सरजी, बिहानै यहाँ आउनुभएको भए म भेट गराउने थिएँ । बेकार दुःख भयो ।” उत्साहित भयो प्रोफेसर, सोध्यो, “अहिले सम्भव छ ?”

“हजुर जतिखेर आए पनि सम्भव छ । भेट्ने ?” सन्तोष ।
“जसको लागि दिनभरि चक्कर लगाएँ, किन नभेट्ने ? भेट्ने ।”
“ल यता आएर यो कुर्सीमा बसेर दुई मिनेट आँखा चिम्लिनुहोस् !”
मान्यो प्रोफेसरले। दुई मिनेट बित्यो। “ ल सरजी,खोज पूरा !”
“खोई ?” आँखा खोलेर । “लौ, सामुन्नेमा देख्नुभएन, ऐनामा ?”
“हैट, हो त, यो दुनियाँमा मैले राम्रोसित चिनेको एक ग्लोबलाइज्ड” कुमेधाश्री “ऊ बाहेक अरू हुने कुरै आएन । चित्त बुझ्यो मेरो । धन्यवाद सन्तोष, आज तिमीले मेरो खोज पूर्ण बनाउन मद्दत गर्‍यौ ।”
ऊ, प्रोफेसर “महामूर्ख” को खोजीमा निस्किएको थियो।उसको खोज पूरा भयो । हजुरको नि ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x