सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हजुरले खोजेको मान्छे

“हैट, हो त, यो दुनियाँमा मैले राम्रोसित चिनेको एक ग्लोबलाइज्ड” कुमेधाश्री “ऊ बाहेक अरू हुने कुरै आएन । चित्त बुझ्यो मेरो । धन्यवाद सन्तोष, आज तिमीले मेरो खोज पूर्ण बनाउन मद्दत गर्‍यौ ।”

Nepal Telecom ad

धनराज गिरी :

न दुर्योधन, न धर्मराज, न द्वापरयुग न श्रीकृष्ण, यो युगमा प्रोफेसर सुमेधाश्री रत्नश्री विवेकीको मनमा एउटा विचार आयो “खोज”, निस्कियो घरबाट “पाइएला त्यस्तो मान्छे, मेरो मनले खोजेको मान्छे, पाइएला ?” निस्कियो घरबाट, भाग्यश्रीलाई सम्झाएर । “यो शोध पूणर् होला ?” मनले सोच्यो ।

दिनभरि घुम्यो, अनेक स्थानमा गयो, ३६ कलेज, अरु कार्यालयहरू, अनेक मन्दिर, कतै पनि सफल भएन ।” होइन, यो दुनियाँमा पाइन्न त मैले खोजेको अस्तित्व ?” आफैंसित प्रश्न गर्‍यो । फर्किएर आइपुग्यो सौराहा । थाक्यो । शैलूनमा गयो । ठाकुर सन्तोष, उसको फ्यान, उसलाई कानमा आफ्नो सम्पूणर् योजना सुनायो । आफ्नो असफलताको कथा भन्यो । मुस्कुरायो सन्तोष, बोल्यो, “सरजी, बिहानै यहाँ आउनुभएको भए म भेट गराउने थिएँ । बेकार दुःख भयो ।” उत्साहित भयो प्रोफेसर, सोध्यो, “अहिले सम्भव छ ?”

“हजुर जतिखेर आए पनि सम्भव छ । भेट्ने ?” सन्तोष ।
“जसको लागि दिनभरि चक्कर लगाएँ, किन नभेट्ने ? भेट्ने ।”
“ल यता आएर यो कुर्सीमा बसेर दुई मिनेट आँखा चिम्लिनुहोस् !”
मान्यो प्रोफेसरले। दुई मिनेट बित्यो। “ ल सरजी,खोज पूरा !”
“खोई ?” आँखा खोलेर । “लौ, सामुन्नेमा देख्नुभएन, ऐनामा ?”
“हैट, हो त, यो दुनियाँमा मैले राम्रोसित चिनेको एक ग्लोबलाइज्ड” कुमेधाश्री “ऊ बाहेक अरू हुने कुरै आएन । चित्त बुझ्यो मेरो । धन्यवाद सन्तोष, आज तिमीले मेरो खोज पूर्ण बनाउन मद्दत गर्‍यौ ।”
ऊ, प्रोफेसर “महामूर्ख” को खोजीमा निस्किएको थियो।उसको खोज पूरा भयो । हजुरको नि ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पक्का !

पक्का !

धनराज गिरी
यूटोपिया !

यूटोपिया !

धनराज गिरी
नारदको प्रश्न !

नारदको प्रश्न !

धनराज गिरी
देशको चिन्ता !

देशको चिन्ता !

धनराज गिरी
हकिकत !

हकिकत !

धनराज गिरी
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x