साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२९)

मान्छे चलाखनै बन्दा राम्रो मानिन्छ हैन र ? यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर । यस्तै यस्तै कुराहरू सुटुक्क गर्न बेरभो आजै थालौँ नयाँ काम गर्नुपर्छ अबेर भो ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

ज्याक, पप्पीहरू पाल्ने इच्छा गर्दैछ यो मन
बाटो हो यिनको चर्पी यसैमा छ नयाँपन (३४६)

सफा हराभरा भन्ने नारा छँदैछ हैन र ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३४७)

कसैले कुखुरा ,पाल पार टोल गनाउने
हामीछौँ रोग लागेमा खाल्डाभित्र खन्याउने (३४८)

घाटा भो नभनी तिर्ने गर्नुपर्छ सधैं कर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३४९)

चाँजोपाँजो मिले हुन्छ मासु बेच्ने सवालमा
मरेकासम्म बेचिन्छ कमाऔँ गोप्य चालमा (३५०)

यस्तैयस्तै गरेदेखि दाम के कम हुन्छर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर( ३५१)

यस्तै सामान चाहिन्छ ठूला भोजभतेरमा
ठुलै मानिसको भान्सा चानचुने छ यो कहाँ (३५२)

यस्तै धन्दा सपारेर धनाध्य बन्नु हुन्नर ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३५३)

विदेशी पाहुना डाक्ने बाटोघाटो सजाउने
जता हेर्‍यो उतै राम्रो रातारात बनाउने (३५४)

करोड खर्च लागेमा अरबै भन्न हुन्न र ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३५५)

प्रसस्तै गमला फूल किन्ने खर्च जुटाउने
निर्धक्क घरको खर्च त्यसैबाट उठाउने (३५६)

छाँयाफाँया मिलाएर काम गरे हुँदैन र
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३५७)

खासै महत्त्वनै हुन्न यहाँ हजार लाखको
करोड अरबौमानै आँखा जान्छ चलाखको (३५८)

मान्छे चलाखनै बन्दा राम्रो मानिन्छ हैन र ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३५९)

यस्तै यस्तै कुराहरू सुटुक्क गर्न बेरभो
आजै थालौँ नयाँ काम गर्नुपर्छ अबेर भो (३६०)
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x