साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्कानको रहस्य

धेरैको सपनालाई बुटले कुल्चँदै निजी उन्नतिको भर्‍याङ चढछन् । विनाशको मन्त्र जप्दै बाढी-पहिरो, दुर्घटना तथा अनिष्टको उद्घाटनमा रमाउनेहरू आफूलाई व्यस्त राख्न थालेका छन् ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

“यति मिठो मुस्कान केका लागि ?” घरमा आएका पाहुनाले सोधे ।
“मेरो कामै मुस्कुराउने हो । जब म खुसी हुन्छु तब मुस्कुराउँछु ।” पहिलेभन्दा अलिक बढी मिठो मुस्कान छर्दै अझै स्पष्ट पारे- “भर्खर एउटा सराद्धेको उद्घाटन गरेर आएको छु । अहिले म्यासेज आयो, आर्यघाट जल्नलाई ठिक्क परेको लासको उद्घाटन गर्न जाँदैछु । के गर्नु, धेरै व्यस्त छु ।”

“तपैँ नपुग्दासम्म लासको सास अड्किरहन्छ त ?” विस्मित हुँदै आगन्तुकले जिज्ञासा पोखे ।
विदाइको अभिवादन जस्तो गरेर सकारात्मक टाउको हल्लाउँदै भने – “घरमा केटाकेटी छन्, सबै सेवा सत्कार हुन्छ । तपैँको काम म फोनबाटै गराउँछु ।” निस्के ।

आगन्तुक समाजसेवी थिए । आफैँले घरमा बोलाएकोलाई समय नदिएर उल्टै फोनबाटै काम गराइदिन्छु भनी निस्कनेतिर हेय भावले हेरिरहे आगन्तुक । मनमा भूकम्पको एक धक्का लाग्यो – धेरैको सपनालाई बुटले कुल्चँदै निजी उन्नतिको भर्‍याङ चढछन् । विनाशको मन्त्र जप्दै बाढी-पहिरो, दुर्घटना तथा अनिष्टको उद्घाटनमा रमाउनेहरू आफूलाई व्यस्त राख्न थालेका छन् ।

भारी मन लिएर अपराध मन्दिरबाट निस्कँदै गर्दा उसको मोबाइल बज्यो । उठाए – “उसको दुर्घटना भयो, गम्भीर घाइते छ ।” “हुन्छ” भन्दै खल्तीभित्र मोबाइललाई कोच्दै गर्दा आगन्तुकको मुहार मुस्कानको आभाले आलोकित भयो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x