सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काजीबाको अनुमान

"हजुरहरू धेरैका छोराछोरी पढेलेखेका, डाक्टरी गरेका, विदेश बसेका, नोकरी गरेका र ठूला व्यापारी हुनुहुन्छ होला हकि ?" काजिमानले सोधे ।

Nepal Telecom ad

हरि खनाल :

काजिमान बाले यसपाली जन्मदिनको दिन वृद्धाश्रम जाने मन गर्नुभयो । छोरो आशमान बाबुको इच्छा पूरा गर्न त्यस दिन काममा गएनन् । काजीमान बाले पुरानो झोला झिके । उनले झोलामा घरमै पकाएको झप्री केराको हातो राखे । उनकी पत्नी र छोरा बिहानै वृद्धाश्रमतिर निस्किए ।

वृद्धाश्रममा बसेका आफूजस्तै व्यक्तिहरूसँग भेट्दा काजीमान र उनकी पत्नीलाई निकै रमाइलो लाग्यो । उनले र पत्नीले पालैपालो वृद्द साथीहरूलाई केराको कोशा दिए । “गरिब मान्छे घरखर्च त छोराले दैनिक ज्यालादारी गरेर टार्छ यो भन्दा अर्कै उपहार ल्याउन सकेन माफ गर्नुहोला है ।” काजीमानले वृद्धहरूसँग भने ।

“के भन्नुभएको दाजु ? यो केराले त आफ्नो उतिबेलाको पौरख सम्झाइरहेको छ । यो केरा होइन यो हाम्रो सिङ्गो भूतकाल हो।” एकजना वृद्धले भने । अरूले सहमतिसूचक टाउको हल्लाए ।

“हजुरहरू धेरैका छोराछोरी पढेलेखेका, डाक्टरी गरेका, विदेश बसेका, नोकरी गरेका र ठूला व्यापारी हुनुहुन्छ होला हकि ?” काजिमानले सोधे ।

“हो तपाईँले ठ्याक्कै मिलाउनुभयो । कसरी मिलाउनुभयो भन्नुस् त ?” एकजना वृद्धाले सोधिन् ।

काजिमानले रसाएको आँखालाई बायाँ हातले पुछ्दै भने, “ल हजुरहरू यहाँ बसेपछि त्यति कुरा त म पनि अनुमान गर्न सक्छु नि।”

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सपनामा आमा

सपनामा आमा

हरि खनाल
आमा

आमा

हरि खनाल
प्रतिगमन

प्रतिगमन

हरि खनाल
0
Would love your thoughts, please comment.x
()
x