रुद्र ज्ञवालीतीन ठोक्तक
जसरी बिना प्रयोजन वस्तु या कण बनेका हुदैनन् महत्त्वका छन् वेअर्थमा कुनै क्षण बनेका हुदैनन् आफैँलाई कसरी मुल्याङ्कन गर्ने तपाईँकै जिम्मा सृष्टिका कुनै पनि सिर्जना अकारण बनेका हुँदैनन् ।

रुद्र ज्ञवाली :
१.
कहाँबाट धर्तीमा कसरी आउँछ थाहै भएन
कार्यादेश दिएर कसले पठाउँछ थाहै भएन
करार सेवाको जागिरझैँ रहेछ जिन्दगी भन्नू
म्याद पुगेपछि खै कहाँ विलाउँछ थाहै भएन ।
२.
जसरी बिना प्रयोजन वस्तु या कण बनेका हुदैनन्
महत्त्वका छन् वेअर्थमा कुनै क्षण बनेका हुदैनन्
आफैँलाई कसरी मुल्याङ्कन गर्ने तपाईँकै जिम्मा
सृष्टिका कुनै पनि सिर्जना अकारण बनेका हुँदैनन् ।
३.
बसाई सराई सरिरहेका मान्छे यहाँ कति छन कति
उठ्न खोज्दा झरिरहेका मान्छे यहाँ कति छन् कति
कहाँ सजिलो छ र मान्छेले मान्छे भएर बाँच्न यहाँ
मृत्यु बिना नै मरिरहेका मान्छे यहाँ कति छन् कति ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest






































