सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मनोहरा साहित्य समाजको ९४अ‍ौं शृङ्खला सम्पन्न

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व र लेखनाथ पुस्तकालय चन्द्रगढी झापाका अध्यक्ष मुक्तककार, कृष्ण सुवेदी निराकारको प्रमुख आमन्त्रितत्वमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ कार्तिक १० । मनोहरा साहित्य समाजको ९४अ‍ौं शृङ्खला आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व र लेखनाथ पुस्तकालय चन्द्रगढी झापाका अध्यक्ष मुक्तककार, कृष्ण सुवेदी निराकारको प्रमुख आमन्त्रितत्वमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न भएकाे हाे ।

कार्यक्रमको सञ्चालन संस्था का कोषाध्यक्ष खोलाघरे साहिंलाले गर्नुभएको थियो । विशेष आमन्त्रितमा प्रतीक ढकाल,गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६अ‍ौं जन्मजयन्तीलाई पनि यसै कार्यक्रमा सम्बोधन गर्दै देवकोटासम्बन्धी कविता, श्रद्धाञ्जलि र विचार व्यक्त गर्दै सन्निकट तिहार नेपाल सम्वत् तथा छठ पर्वका बारेमा पनि विभिन्न वक्ताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालबाट स्वागत मन्तव्यका साथै रचनावाचन र देवकोटाको संक्षिप्त परिचयका साथ शुभारम्भ भएपछि – भावकेशर बराल, सञ्जय सोती, एम् पी पाण्डे, भावना न्यौपाने, नूरदेव खनाल, सम्पत् काफ्ले, गोविन्द घिमिरे वेदमणि, ओमप्रकाश आचार्य, डा. टी पी बराकोटी, अशोककुमार लामिछाने, अर्पण अर्याल, रत्ननिधि रेग्मी, उत्तम भट्टराई, विजया बस्नेत, राजेन्द्रकुमार वज्राचार्य, प्रतीक ढकाल, चन्द्र आन्छन् मनिष हेल्लोङ, डी बी पालुङ्वाहरूले मीठामीठा कविता, गीत, गजल र मुक्तकहरू वाचन गरेर कार्यक्रमलाई रोचक बनाउनुभयो ।

प्रमुख आमन्त्रित कृष्ण सुवेदी निराकारले लेखनाथ पुस्तकालय चन्द्रगढीको परिचय, क्रियाकलाप र आजको कार्यक्रमको संक्षिप्त समीक्षा गर्दै आफू अत्यन्तै खुशी भएको गहन मन्तव्य दिएर एउटा चोटिलो मुक्तक सुनाउनुभयो ।

कपिल अर्याल, चिरञ्जीवी रेग्मी, भावरञ्जन बराल, वसुन्धरा चौहान, गङ्गा चौहान, जमुना चौहान, बाबुकाजी कार्की, सन्तोषकुमार लामिछाने सभ्य स्रोता हुनुहुन्थ्यो ।

०००
– खाेलाघरे साहिँलाेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x