साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृति लोकार्पण तथा साहित्यकार सम्मान कार्यक्रम सम्पन्न

साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, प्रसिद्ध हास्यव्यङ्ग्य कवि, साहित्यकार, समालोचक कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

झापा, २०८१ कार्तिक १० । साहित्य चौतारी विर्तामाेडकाे आयोजनामा कृति लोकार्पण तथा साहित्यकार सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, प्रसिद्ध हास्यव्यङ्ग्य कवि, साहित्यकार, समालोचक कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

चौतारीका उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, प्रसिद्ध साहित्यकार कृष्ण धराबासी, मञ्जु विमली, आज लोकार्पण हुने कृतिका कृतिकार हरिनारायण भट्टराई, प्रकाशक तीलरूपमा भट्टराई, आख्यानकार पुण्यप्रसाद खरेल, सहप्राध्यापक तथा हास्यव्यङ्ग्यकार चूडामणि वाशिष्ठ, प्राज्ञसभा सदस्य द्वय सुमित्रा वाङ्देल चेली, मुनाराज सेर्मा, प्राज्ञसभा पूर्वसदस्य सुभद्रा भट्टराई, वरिष्ठ अधिवक्ता लीला उदासी, हेमनाथ अधिकारी, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, मुक्ति उपाध्याय बराल (सिलगढी), विजय अधिकारी (सिलगढी), प्रसिद्ध कवि केशव आचार्य आदिलाई मञ्चमा बसाएर कार्यक्रम अघि बढेकाे थियाे ।

कार्यक्रमको सुरुमै प्रसिद्ध साहित्यकार कृष्ण धराबासी तथा स्रष्टा मञ्जु विमली धराबासीलाई एउटै सम्मानपत्रद्वारा टोपी, माला, दोसल्लासहित सम्मान गरिएको थियो । स्रष्टा गणेश निरौलाले वडो रोचक रूपमा कवितात्मक शैलीमा सम्मानित हुने जोडीको संक्षिप्त परिचय गराउनु भयो ।

त्यसपछि साहित्यकार हरिनारायण भट्टराईज्यूको दोस्रो कृति ‘संस्मरण एक समीक्षा अनेक’ नामको समीक्षात्मक निबन्धकृतिको प्रमुख अतिथि कोमलप्रसाद पोखरेलका साथै मञ्चमा रहनुहुने सबैबाट सामुहिक रूपमा कृति देखाई लोकार्पण भयो ।

कृतिकारको परिचय संक्षिप्त रूपमा तोयानाथ काफ्लेले गराउनुभयो भने यस लोकार्पित कृतिको राम्रो परिचयात्मक टिप्पणी सहप्राध्यापक साहित्यकार चूडामणि वाशिष्ठले गर्नुभयो ।

कार्यक्रमलाई सफलीभूत पार्न कवि–साहित्यकारहरु विष्णुकुमार भट्टराई, भवानी क्षेत्री, डा.पुण्यप्रसाद सिग्देल, जीवनाथ सुवेदी, केशव भट्टराई, भानुभक्त कुभिण्डेली, मेघनाथ बन्धु, झाँक्रीखोले, आरती पोखरेल, जनार्दन उप्रेती, जय भण्डारी, कृष्णप्रकाश सुमार्गी, देवीचरण भण्डारी, मातृका सङ्ग्रौला, विन्दु दाहाल ‘मूकदर्शक’, लोकनाथ पौडेल, चित्रा पौडेल, दिलकुमारी बुढाथोकी, लक्ष्मी अच्युत ढुङ्गाना, गुरुभक्त नेउपाने, डि पी शर्मा, अनिरुद्र ओली, हरिप्रसाद नेउपाने, भीम खवास, परशुराम तिमसिना, लीला अनमोल, अभागी थेगुवा, हरिप्रसाद रिमाल, कल्पना ओली, दुर्गाप्रसाद सिग्देल, भक्त खपाङ्गी, दुर्गादेवी खनाल, हेमन्त भण्डारी, गोपाल ओली, अविकेशर ओली, बद्रीप्रसाद ओली, चक्रपाणी भट्टराई, उमा अधिकारी, गोपालप्रसाद सङ्ग्रौला, विनोद खनाल, हिम्मत नेम्बाङ, विवश बलिभद्र कोइराला, डिल्लीराम परदेशी, सेलिङ केसी, प्रिति बस्नेत, शिवप्रसाद मिश्रलगायत सयौं स्रष्टाहरुको उपस्थिति थियाे ।

चौतारीका महासचिव गौरव श्रेष्ठले स्वागतसहित संचालनको बाटो लगाएपछि सचिव तुलसी निरौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कृतिकारको परिचय संक्षिप्त रूपमा तोयानाथ काफ्लेले गराउनुभयो भने यस लोकार्पित कृतिको राम्रो परिचयात्मक टिप्पणी सहप्राध्यापक साहित्यकार चूडामणि वाशिष्ठले गर्नुभयो ।

मिना अधिकारीले कविता वाचन गर्नुभएको कार्यक्रममा कवि सुभद्रा भट्टराई, मुक्ति उपाध्याय बराल, कृष्ण धराबासी तथा प्रमुख अतिथिले मन्तव्य व्यक्त गर्नुभएको थियो । यस भव्य कार्यक्रममा अध्यक्ष देवीभक्त श्रेष्ठले सुरुमा स्वागत गीत गाउने, कार्यक्रमबारे जानकारी गराउने गर्नुका साथै अन्त्यमा कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरी कार्यक्रम समापन गर्नु भएको थियो ।

०००
– पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x