साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पसलमा स्वागत छ

रासन त मुखमा हाल्यो कि पच्न थाल्छ अनि के काम ? सुन भए जस्तो निल्यो उस्तै उकेल्यो हेर्नोस् त ! विदेशबाट आउनेदेखि लिएर कर्मचारी, व्यापारी, ठेकेदारी गर्नेदेखि मनपरि गर्नेहरू, नेता, जेता, विजेता, उपनेता, मन्त्री, सन्त्री, तन्त्री सबलाई काम लाग्ने ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

हार्दिक स्वागत !
हाम्रो पसलमा तपाईंलाई हार्दिक स्वागत छ । आउनुहोस् ।
यो हाम्रो पसलमा तपाईंलाई चाहिने सब थोक पाइन्छ । यहाँहरू आफ्नो आवश्यकताअनुसारको सेवा तथा वस्तु खरिद गर्न पाल्नुहोला । यहाँ के पाइन्न र ? हेर्नोस् हाम्रो सस्तो पसल हो । यहाँ हरेकलाई काम लाग्ने वस्तुहरू पाइन्छन् । हाम्रो यहाँ सानादेखि ठुलासम्म लाई चाहिने चकलेट, चोकोफन, चिजबल, चुइगम, चाउचाउ, चाउमिन, चटपटे, चुरोट, च्याप्ने (सुर्ती) आदि ‘च’बाट नाम आउने सबै चिज पाइन्छ स्थानीय चिउराबाहेक । कहाँ ‘च’लाई छोडेर ‘छ’बाट आउने छुर्पी, छोलासमोसा खोज्दै हिँड्नुभएको भन्या ? अस्ति एकजना वरिष्ठ त यस्ता गरिष्ठ कुरा छोडेर केजाते गुदपाक कि पुष्टकारी के खोज्दै हुनुहुन्थ्यो । आजको यो उत्तरआधुनिक जमानामा पनि उहिलेका खुइले कुरा खोजेर हुन्छ त ? त्यो पनि देशको राजधानी शहरको मुटुमा रहेको यस्तो व्यस्त बसपार्कमा रहेको पसलमा ?

आउनोस् हाम्रो पसलको थप चर्चा गरौँ । हाम्रो पसलमा तपाईंलाई चाहिँने सबथोक पाइन्छ । हेर्नुस् त र्‍याकभरि के के छन् ? यहाँ सबै प्रकारका ‘र’बाट नाम आउने स्वदेशी र विदेशी, सस्तादेखि लिएर महँगा, लोकलदेखि लिएर फरेन कन्ट्रीका ‘र’ बाट नाम आउने वस्तु पाइन्छन् रामबाहेक । अझ यहाँ डिप फ्रिजमा हेर्नुस् ‘ब’बाट नाम आउने धेरै चिज पाइन्छन्, तपाईंलाई के नामको र कति प्रतिशत भएको चाहियो ? बोतलमा, क्यानमा, भ्यानमा केमा चाहियो ? भन्नुहोला है । त्यसबाहेक बर्गर, बफ मोमो लगायत अरू धेरै सामान पाइन्छन् केवल बफादारीताबाहेक ।

हाम्रो पसलमा एकछिन बस्नु होस् यहाँ हरेक किसिमका मान्छे आउँछन् । हरेक किसिमका मान्छेहरूबाट किसिम किसिमका गफगाफ सुन्न पाइनेछ । एक छिन पछि यहाँ ठूलो पार्टीका नेता आउँदै हुनुहुन्छ । उहाँ भाषण गर्नका लागि खप्पिस हुनुहुन्छ । उहाँका घन्टौ सुनिरहन मजा लाग्ने भाषण यहीँबाट सुन्न पाइनेछ । देश बनाउने, नागरिकता बनाउने, सरकार बनाउने, छिमेकीसँग सम्बन्ध बनाउने र अरु पनि । वहाँले अलि आफ्नो छवि बनाउने कुरा भन्न छुटाउनु भयो भने पनि दिक्क नमान्नु होला । यहाँ आसनका कुरा पाइन्छन् । अडेस लाग्ने आसन, निदाउने आसन, उँघ्ने आसन, अरुका खुट्टा तान्ने सबै आसनमध्ये तपाईंलाई जुन उपयुक्त हुन्छ लिएर भरपूर मजा लिन सक्नु हुनेछ । नपाइने भनेको जनताको रहने बस्ने आसन (घरबास) मात्र हो ।

हाम्रो पसलमा सिक्न र सुन्न पाइने सेवामध्य अर्को कुरा शासन हो । शासनमध्ये पनि सुशासन सबभन्दा बढी चलेको हुनाले हाम्रा आधिकारिक प्रस्तोताका मुखारविन्दबाट सित्तैमा सुन्न र सिक्न पाउनु हुनेछ । केन्द्रदेखि प्रदेश र स्थानीय तहका सबै तह र तप्काका सुशासनका कुरा नमूना र फेहरिस्त यहाँबाट उपलब्ध गराउन सकिने कुरा तपाईंलाई सहर्ष जानकारी गराउन चाहन्छु । तपाईंलाई के के चाहिन्छ सब पाइन्छ नपाइने त्यही एउटा रासनमात्र त हो । रासन नपाए पनि के भयो त रासनमा लाग्ने घुन पाइन्छ । त्यो रासन त उता छिमेकी देशबाट मगाए भइहाल्यो नि । रासन त मुखमा हाल्यो कि पच्न थाल्छ अनि के काम ? सुन भए जस्तो निल्यो उस्तै उकेल्यो हेर्नोस् त ! विदेशबाट आउनेदेखि लिएर कर्मचारी, व्यापारी, ठेकेदारी गर्नेदेखि मनपरि गर्नेहरू, नेता, जेता, विजेता, उपनेता, मन्त्री, सन्त्री, तन्त्री सबलाई काम लाग्ने । यस्तो सर्वाधिक महत्त्वको वस्तु सुन तपाईंलाई जति भन्यो त्यति परिमाण र गुणस्तरमा व्यवस्था गर्ने खुबी छ हामीसँग ।

हामीसँग टेप, सुपरग्लु कैँची, फिता, फोटोकपी मेसिन, स्टिचिङ मसिन तथा बाइन्डिङका सेवा सुविधा नगदमा किन्न वा किस्ताबन्दीमा पनि उपलब्ध हुनुका साथै सट्टापट्टामा र भाडामा पनि पाइने कुरा यहाँ अवगत गराउन चाहन्छु ।

उपर्युक्त वस्तु तथा सेवाको होम डेलिभरी सर्भिस पनि यहाँ पाइने कुरा यहाँलाई जानकारी गराइन्छ । वारिदेखि पारिका कुरा, घारीदेखि दारी र यारीका कुरासमेतमा प्रमाणपत्र, परिचयपत्र बनाउने र ठेक्कापट्टाको कागजात भर्ने, मिलाउने सिलाउने र तत्सम्बन्धि सम्पूणर् काम गरिने हुँदा यहाँ पाल्नुहुन अनुरोध गर्दै आफ्ना दुई शब्द यहीँ टुङ्ग्याउन चाहन्छु ।

मेरा दुई शब्द सुनिदिनु भएकोमा आभारी छु । हवस् त धन्यवाद !

विनीत: व्यस्त पसले, गोङ्गबु बसपार्क, काठमाडौं

०००
हालः बैजनाथ -१, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x