डिल्लीप्रसाद अधिकारीभावना
फर्कँदा आरिटारको बाटो छेउमा बनेको टुरिष्ट रिसोर्टमा यशकुमारको गीत बजिरहेको सुन्दै हामी आ-आफ्ना घरतिर लाग्यौँ । गीतमा यशकुमार घन्किरहेका थिए- “मैले छोएको पानी चल्दैन ।”
डिल्लीप्रसाद अधिकारी :
“मेरो अधिकार छैन त तपाईंलाई छुने ?” लाडिएर ममताले भनी । “किन ?” – नबुझेर सोधेँ ।
“हामी अछुत रे नि त !”
“कसले भन्यो ?”-
आक्रोश अलिकति मिसाएर उनले भनिन-“समाजले !”
“अब समाजले भनेको मान्ने हो भने हामी एकाअर्कालाई नछोइ पनि माया गरिरहन सक्छौँ नि त । तर म त समाजलाई कहिल्यै टेर्ने होइन । म त नास्तिक हुँ । तिमीलाई थाहै छ ।”- मैले भनेँ ।
“समाज चाहिन्छ र ? किन होला ? कसैले भन्छन् समाज चाहिन्छ, कसैले चाहिँदैन पनि भन्छन् । खै म त दोधारमा छु ।”- ममताले भनी ।
“मनले भनेको पो मान्नुपर्छ त”- मैले भनेँ ।
यसरी हामी लभ डाँडामा गफियौँ। त्यो दिन उनी चर्च नगएर मलाई भेट्न आएकी ।
“मनले त मलाई हजुरको साथ कहिल्यै नछोड्नु भन्छ” उनी भावुक बनिन् । भावुकता पनि समाजमा हराएको स्थितिमा उनको भावुकता सम्हालेर राख्ने मन थियो मलाई तर सकिरहेको थिइनँ । समय पनि कति छिटो बितेको ? साँझ पर्न एकै घण्टा मात्र बाँकी थियो । हामी घर फर्किन थाल्यौँ ।
फर्कँदा आरिटारको बाटो छेउमा बनेको टुरिष्ट रिसोर्टमा यशकुमारको गीत बजिरहेको सुन्दै हामी आ-आफ्ना घरतिर लाग्यौँ । गीतमा यशकुमार घन्किरहेका थिए-
“मैले छोएको पानी चल्दैन ।”
०००
रिणाक, सिक्किम
Subscribe
Login
0 Comments
Oldest





































