साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भावना

फर्कँदा आरिटारको बाटो छेउमा बनेको टुरिष्ट रिसोर्टमा यशकुमारको गीत बजिरहेको सुन्दै हामी आ-आफ्ना घरतिर लाग्यौँ । गीतमा यशकुमार घन्किरहेका थिए- “मैले छोएको पानी चल्दैन ।”

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

“मेरो अधिकार छैन त तपाईंलाई छुने ?” लाडिएर ममताले भनी । “किन ?” – नबुझेर सोधेँ ।
“हामी अछुत रे नि त !”
“कसले भन्यो ?”-
आक्रोश अलिकति मिसाएर उनले भनिन-“समाजले !”

“अब समाजले भनेको मान्ने हो भने हामी एकाअर्कालाई नछोइ पनि माया गरिरहन सक्छौँ नि त । तर म त समाजलाई कहिल्यै टेर्ने होइन । म त नास्तिक हुँ । तिमीलाई थाहै छ ।”- मैले भनेँ ।
“समाज चाहिन्छ र ? किन होला ? कसैले भन्छन् समाज चाहिन्छ, कसैले चाहिँदैन पनि भन्छन् । खै म त दोधारमा छु ।”- ममताले भनी ।
“मनले भनेको पो मान्नुपर्छ त”- मैले भनेँ ।

यसरी हामी लभ डाँडामा गफियौँ। त्यो दिन उनी चर्च नगएर मलाई भेट्न आएकी ।
“मनले त मलाई हजुरको साथ कहिल्यै नछोड्नु भन्छ” उनी भावुक बनिन् । भावुकता पनि समाजमा हराएको स्थितिमा उनको भावुकता सम्हालेर राख्ने मन थियो मलाई तर सकिरहेको थिइनँ । समय पनि कति छिटो बितेको ? साँझ पर्न एकै घण्टा मात्र बाँकी थियो । हामी घर फर्किन थाल्यौँ ।

फर्कँदा आरिटारको बाटो छेउमा बनेको टुरिष्ट रिसोर्टमा यशकुमारको गीत बजिरहेको सुन्दै हामी आ-आफ्ना घरतिर लाग्यौँ । गीतमा यशकुमार घन्किरहेका थिए-
“मैले छोएको पानी चल्दैन ।”

०००
रिणाक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
मूलखाँबो (२)

मूलखाँबो (२)

डिल्लीप्रसाद अधिकारी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x